ललितपुर : राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखानाले बुधबार ललितपुरमा कार्यक्रम गरी २६ औं वार्षिकोत्सव मनाएको छ। नेपालको पहिलो र ठूलो यो चिडियाखाना पहिले सरकारको प्रत्यक्ष व्यवस्थापनमा रहे पनि हाल कोष मातहत संचालन हुदै आएको छ। बुधबार यहाँ आयोजित वार्षिकोत्सव कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितकलाले भरिएको ललितपुरमा नेपालको एक मात्रै चिडियाखाना हुनु ललितपुरको विशेषता भएको बताए।उनले चिडियाखाना ललितपुर महानगरको एउटा विशेषता नै भएको च