अपर तामाकोशी हाइड्रोपावर र तेह्रथुम पावर कम्पनीको शेयरमूल्यमा सर्किट

कात्तिक ३०, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार बजार खुलेको १५ मिनेट अवधिदेखि अपर तामाकोशी हाइड्रोपावर र तेह्रथुम पावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  अपर तामाकोशीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत र तेह्रथुम पावरको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।  ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । अपर तामाकोशी हाइड्रोपावरको शेयरमूल्य प्रतिकित्ता रू. ६४१ दशमलव ३० र तेह्रथुम पावरको शेयरमूल्य रू.५३१ दशमलव ६० पुगेको छ ।