बिर्तामोडमा कडा सुरक्षा घेराबीच बजेट प्रस्तुत

झापाको बिर्तामोड नगरपालिकाले कडा सुरक्षा घेराभित्र नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । ठेक्का विवादका कारण युवाहरुको समूहले नगरसभामा अवरोध गर्ने चेतावनी दिएपछि नगरपालिकामा ठूलो संख्यामा सशस्त्र तथा नेपाल प्रहरी तैनाथ गरिएको थियो । नगरपालिकाले अपारदर्शी ढंगबाट लगाएको ठेक्का सम्झौता खारेज गर्नुपर्ने माग राख्दै युवाहरुको समुह नगरपालिका हाता भित्र प्रवेश गर्न खोजे पछि प्रहरीले अवरोध गरेको थियो । युवाहरुको समूह र प्रहरीबीच नगरपालिकाको गेटमा केहीबेर तनाब भएको थियो । दर्जनौँको संख्यामा उप