नेकपा एमालेले समानुपातिकतर्फ चयन हुने १६ जना सांसदको नाम टुंगो लगाएको छ । शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले १६ जनाको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले जनजाति क्लस्टरतर्फ महिलामा भूमिका सुब्बा र गंगादेवी श्रेष्ठ तथा पुरुषतर्फ रामबहादुर थापा मगर र कुलभक्त शाक्यलाई सिफारिस गरेको छ […]