सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन टेलिभिजनलाई व्यवस्थित र प्रभावकारी बनाउन आज मन्त्रालयमा ती सञ्चारमाध्यमका पत्रकारहरूसँग अन्तरक्रिया गरेको छ। यो पहिलो पटक मन्त्रालयले अनलाइन टिभीका प्रतिनिधिहरूसँग प्रत्यक्ष छलफल गरी राय सुझाव लिएको हो। अन्तरक्रियामा पत्रकारहरूले चौथो पुस्ताको पत्रकारिता सुदृढ र सशक्त बनाउनुपर्ने, पेसागत व्यावसायिकता, विश्वसनीयता र जिम्मेवारिता कायम राख्नुपर्नेमा जोड दिए। उनीहरूले अनलाइन टिभीलाई मूलधारको […]