काठमाडौं। नेपालले आईसीसी पुरुष टी-ट्वेन्टी विश्वकपको वार्मअप खेलमा एकपक्षीय जित निकालेको छ। मंगलबार भएको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ७ विकेटले पराजित गरेको हो। यूएईले प्रस्तुत गरेको १४६ रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभरमा ३ विकेट गुमाएर १४८ रन बनायो। नेपालका आरिफ सेखले अविजित रहँदै सर्वाधिक ६१ रन बनाए। ३७ बल खेलेका […]