नेपाल बीमा प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण सम्पन्न वित्तीय विवरण कूल १९ वटा बीमा कम्पनीको स्वीकृत गरेको छ। स्वीकृत हुनेमा १० वटा जीवन बीमा, ६ वटा निर्जीवन बीमा तथा ३ वटा लघु बीमा कम्पनी रहेका छन्। बीमा ऐन, २०७९ अनुसार प्रत्येक बीमकले हरेक आर्थिक वर्षको लेखापरीक्षण भएको वासलात तथा नाफा–नोक्सान विवरण तयार गरी अर्को […]