पुरानै कानुनमा नयाँ निर्वाचन

४ मंसिर २०७९ मा भएको आम निर्वाचनजस्तै कुनै पनि कानुनी प्रावधान परिवर्तन नगरी सरकारले निर्वाचनको तयारी अघि बढाएको छ। २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा न बेजिल्ला मतदान गर्न पाइनेछ भने न त विदेशमा बस्नेले नै भोट हाल्न पाउनेछन्। यीसहित अघिल्लो निर्वाचनदेखि नै चर्चामा रहेको ‘नो भोट’ पनि कानुन बनाउन नसक्दा गफमै सीमित हुन पुगेको छ। […]