ज्योति विकास बैंकका कर्मचारी कुटिएको घटना सेलाउन नपाउँदै फेरि एक कमर्शियल बैंकका कर्मचारीमाथि निर्घात कुटपिट भएको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) को घोराही शाखामा कार्यरत कर्मचारी कर्जा असुलीको सिलसिलामा शनिबार अराजक समूहको आक्रमणमा परेका हुन्। लगातार दोहोरिँदै आएका यस्ता घटनाप्रति बैंक कर्मचारी युनियनले गम्भीर आपत्ति जनाउँदै नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ। नेपाल ईन्भष्टमेण्ट […]