'सरकारी जागिर नभएकालाई मेरो बा'ले छोरी दिँदैनन्!'

जिस्किएरै गरिएको प्रस्ताव अस्वीकार हुँदा त्यति दुख लाग्थेन होला। तर सरकारी जागिरसँग तुलना गरिएको मेरो प्राइभेट जागिरको अपमान जस्तै लाग्यो। आफूले आफैसँग आफ्नै जागिरसँग हीनताबोध भयो। जागिरमा नजरबाट गिर्या जस्तो। एकाएक खै किन हो मैले मजाकलाई मजाक लिन सहज भएन।