‘देशका अरू आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिन्थ्यो। त्यसपछि बरु संसद विघटनबारे सोच्न सकिन्थ्यो तर आज जेन–जी आन्दोलनको उपलब्धि केवल अन्तरिम सरकार र निर्वाचनको घोषणामा सीमित भयो, शासकीय स्वरुप नै बदल्ने र इतिहास रच्ने मौका गुम्यो,’ संविधान दिवसको पूर्वसन्ध्यामा अध्यक्ष प्रचण्डले भने।