राजनीतिक दलद्वारा मध्यपूर्वमा रहेका नेपालीको सुरक्षामा ध्यान दिन सरकारसँग आग्रह

मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बीच विभिन्न राजनीतिक दलका शीर्ष नेताले त्यहाँ कार्यरत नेपाली नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका छन्। रोजगारी र व्यवसायका सिलसिलामा खाडी तथा आसपासका देशमा रहेका लाखौँ नेपाली जोखिममा पर्न सक्ने भन्दै कूटनीतिक सक्रियता बढाउन माग गरिएको हो। नेपाली कांग्रेसका सभापति गगन थापाले सामाजिक सञ्जालमार्फत मध्यपूर्वको पछिल्लो परिस्थितिले चिन्ता थपेको […]