तीन बुँदे सहमतिपछि इलामका ५३ चिया उद्योग पुनः सञ्चालनमा आउने

भारतीय चिया बोर्डले लागू गरेको नयाँ मापदण्ड (एसओपी) का कारण निर्यात प्रभावित भई बन्द भएका इलामको सूर्योदय नगरपालिकास्थित ५३ वटा चिया उद्योग पुनः सञ्चालनमा आउने भएका छन्। सूर्योदय नगरपालिकाको चिया समस्या समाधान समिति, स्थानीय जनप्रतिनिधि तथा सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनबीच भएको छलफलबाट उद्योग सञ्चालन गर्ने विषयमा तीन बुँदे सहमति जुटेपछि उद्योगहरू पुनः सञ्चालनको तयारीमा […]