२३ महीनामा हुलाकी सडकको निर्माण कार्य ३५%, समयमै काम सक्न स्थानीयको दबाब

जेठ २२, कैलाली । कैलालीस्थित हुलाकी सडकखण्ड स्तरोन्नतिको काम शुरु भएको २३ महीना पुगिसक्दा पनि ३५ प्रतिशतभन्दा माथि नभएकामा स्थानीयवासीले गुनासो गरेका छन् । ३० महीनामा सम्पन्न गर्नुपर्ने सडक ३५ प्रतिशतमात्रै निर्माण भएपछि स्थानीयवासीले समयमै काम सक्नुपर्ने जनाउँदै दबाब दिन थालेका छन् । स्थानीयवासी सुधा चौधरी सडक स्तरोन्नतिमा भइरहेको ढिलाइबारे निर्माण कम्पनीलाई कडाइ गर्न आवश्यक रहेको बताउँछन् ।  ‘जताततै सडक धुलाम्मे छन्, मानिसलाई आवतजावतमा समेत समस्या छ’, उनले भने, ‘यसले मानिसलाई समस्या भएको छ । दुई वर्ष पुग्न लाग्दा पनि सडक पूरा नहुँदा नागरिकलाई कति सास्ती भएको छ भन्न सकिँदैन ।’ सम्झौता मितिअनुसार काम सम्पन्न गर्न अब ७ महीनामात्र बाँकी छ । तीनओटा नयाँ र दुईओटा पुराना खण्ड गरी ५ खण्डमा विभाजन गरेर काम भइरहेको छ ।  पुरानो खण्डको काम अन्तिम चरणमा पुगिसकेको भए पनि नयाँ खण्डको भने कामको प्रगति सन्तोषजनकन रहेको हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका इञ्जीनियर पदम मडै बताउँछन् । ‘पुराना ठेक्का भएका सडकको काम सन्तोषजनक छ, विसं २०७७ मा भएका नयाँ ठेक्काहरूको प्रगति सन्तोषजनक छैन’, उनले भने, ‘नयाँ ठेक्का भएका काममा ढिलाइ भइरहेको छ ।’ योजनाको काम समयमै सम्पन्न नहुँदा स्थानीय नागरिकदेखि निर्माण व्यवसायीलाई समेत घाटा हुने देखिन्छ ।  त्यस विषयमा आफूहरु पनि सचेत रहेको र निर्माण व्यवसायीलाई पटक–पटक ध्यानाकर्षण गराएको तथा कोरोना महामारीबाहेक अन्य बहानामा काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गरिने इञ्जीनियर मडैले बताए । ‘हामीले एकदम ताकेता गरेका छौँ, पटक–पटक छलफल गरेका छौँ, स्थानीय सरकारसँग पनि सहजताका लागि छलफल गरेका छौँ’, उनी भन्छन्, ‘सडक निर्माणका लागि कुनै समस्या छैन, ढिलाइ हुनुमा निर्माण व्यवसायीकै कमजोरी छ । अब समयमै काम नगरेको दोष उहाँहरुले नै पाउनुपर्छ ।’  टीकापुर नगरपालिकाको सत्तीबाट धनगढी उपमहानगरपालिकाको क्याम्पस चोकसम्म १८ किलोमिटरबाहेक ४४ किलोमिटर सडकको स्तरोन्नतिका लागि ३० महीनाभित्र काम सम्पन्न गर्ने गरी स्वच्छन्द जोशी जेभीले काम गरिरहेको छ ।  स्वच्छन्द जोशी जेभीले रू. ९७ करोड ५७ लाखमा २०७७ असारमा हुलाकी राजमार्ग निर्देशनालयसँग ठेक्का सम्झौता गरी काम शुरु गरेको हो । यो सम्झौताअनुसार निर्माण व्यवसायीले २०७९ पुस मसान्तसम्म निर्माण सम्पन्न गरिसक्नु पर्नेछ । तर निर्माण कम्पनी स्वच्छन्द जोशी जेभीका सञ्चालक गणेश जोशी भने आफूले ठेक्का सम्झौता गरिसकेपछि कोरोनाका कारण दुईपटक बन्द हुँदा काममा ढिलाइ भएको बताए । ‘समयमै काम सम्पन्न गर्न त सक्दैनौँ’, उनले भने, ‘काम सम्पन्न गर्न सम्झौता मितिमा एक वर्ष समय थप गर्नुपर्ने आवश्यक छ । हामीले म्याद थपका लागि अनुरोध गर्छौँ ।’ ३० महीनाभित्र काम सम्पन्न गर्ने गरी सम्झौता भएको योजनाको काम २३ महीना बितिसक्दा अर्थात् सम्झौता मितिको ७५ प्रतिशत समय सकिँदा पनि ३५ प्रतिशतमात्रै कामको प्रगति हुनु राम्रो नभएको सरोकारवाला बताउँछन् ।  सडक निर्माण भइरहेको क्षेत्रमा स्थानीय सरकारले समेत निगरानी र कडाइ गर्न आवश्यक रहेको स्थानीयवासीको माग छ । रासस

सम्बन्धित सामग्री

अबरुद्ध नागढुंगा सुरुङको निर्माण कार्य पुनः सुचारु

काठमाडौँ – जग्गाको स्वामित्व र मुआब्जा समस्याले अबरुद्ध नागढुंगा सुरुङ मार्गको निर्माण कार्य मंगलबारदेखि पुनः सुचारु भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आन्दोलनरत स्थानीयबासीसँग छलफल गरेपछि अबरुद्ध सुरुङ मार्गको काम पुनः सुचारु भएको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए। नागढुंगा सुरुङ मार्गको धादिङ साइडमा जग्गाको स्वामित्व र मुआब्जा समस्या देखाउँदै स्थानीयबासीले निर्माण कार्य […]

२७ दिनमा नयाँ हेलिप्याड निर्माण कार्य सम्पन्न

हुम्ला – नेपाली सेनाले हुम्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका केन्द्र याल्वाङमा २७ दिनमा नयाँ हेलिप्याड निर्माण कार्य सम्पन्न गरेको छ। सेनाले जनहितको कार्यअन्तर्गत शीघ्र प्रभाव आयोजनाद्धारा सो हेलिप्याड निर्माण कार्य पूरा गरेर सञ्चालनमा समेत ल्याएको छ। बराह दल गुल्म रानीवनका गुल्मपति दिनेश खड्काका अनुसार सेनाद्धारा निर्माण गरिएको नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङमा निर्माण गरेको नयाँ हेलिप्याट […]

दाम्रीगाडको पक्की पुल निर्माण कार्य अलपत्र

ठेकेदारले निर्माणाधीन पुल तीन वर्ष बितिसक्दा समेत पूर्ण रूपमा बनाउन नसक्दा पुलको निर्माण कार्य अलपत्र परेको हो।...

मध्यतमोर जलविद्युतको सुरुङ निर्माण कार्य पूरा

७३ मेगावाट क्षमताको मध्यतमोर जलविद्युत् आयोजनाको सुरुङमार्ग  निर्माण कार्य पूरा भएको छ। आयोजनाको ड्याम रहने मित्लुङ र पावर हाउस रहने थुम्बाबेसीसम्मको करिव तीन हजार ४ सय मिटर सुरुङमार्ग निर्माण कार्य...

कालीगण्डकी करिडोरको निर्माण कार्य अझै पूरा भएन

पाल्पा । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको निर्माण कार्य अझै पूरा भएको छैन् । भारतबाट नेपाल हुँदै चीन जोड्ने अत्यन्त कम दूरीको यो सडक धार्मिक, सांस्कृतिक र व्यापारीक दृष्टिकोणबाट महत्व राख्ने भएपनि सरकारले प्राथमिकतामा राख्न नसक्दा निर्माण कार्य पूरा हुन नसकेको हो । नेपाल सरकारले आर्थिक वर्ष ०६५/०६६ मा तीन वर्षमा सकिने गरी प्रस्ताव गरेको […]

पोखरा विमानस्थलको ८४% निर्माण कार्य सम्पन्न

राष्ट्रिय गौरवको योजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य ८४ प्रतिशत सम्पन्न भएको छ ।करिब २२ अर्बको परियोजना पोखरा विमानस्थल निर्माणको हालसम्म करिब ८४ प्रतिशत निर्माण कार्य सम्पन्न भएको पोखरा क्षेत्रीय अन्तर्राट्रिय विमानस्थल निर्माण आयोजना प्रमुख विनेस मुनानकर्मीले बताए ।गत वर्ष पहिलो लहरको कोरोना र यस चालू आर्थिक वर्षमा पनि दोस्रो लहरको कोरोनाका कारण कामदार […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अन्तिम चरणमा

रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा रहेको छ।...

काठमाडौँको चोभारमा सुक्खा बन्दरगाहको निर्माण कार्य पूरा

बाह्य मुलुकबाट आयात र नेपालबाट निर्यात हुने सामानलाई एकीकृत सेवा दिन काठमाडौँको चोभारमा सुक्खा बन्दरगाहको भौतिक निर्माण कार्य पूरा भएको छ । कोभिड–१९ को महामारी र बन्दाबन्दीकै बीच निर्माण कार्य भएको सो बन्दरगाह अब सञ्चालनको पर्खाइमा छ । यो बन्दरगाहलाई भारतको रक्सौलबाट र चीनको केरुङबाट आउने रेलमार्ग तथा बाहिरी चक्रपथसँग जोडिने योजना सरकारको छ ।सो बन्दरगाहको सञ्चालन ढाँचा तय गर्न समिति गठन गरी काम अगाडि बढाइएको इन्टर मोडल यातायात विकास समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक आशिष गजुरेल

क्षतिग्रस्त सडक र पुलको निर्माण कार्य सूचारु गर्न निर्देशन

प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले वर्षाका कारण क्षतिग्रस्त सडक र पुलको निर्माण कार्य सुचारु गर्न निर्देशन दिएको छ।...

आयोजना कर्मचारीको मृत्यु भएपछि सुपरदोर्दी ख को निर्माण कार्य बन्द

लमजुङको दोर्दीखोलामा निर्माणाधीन ५४ मेगावाटको सुपरदोर्दी ख आयोजनाको निर्माण कार्य बन्द भएको छ । बिहीबार  जीप दुर्घटनामा परी आयोजनाका कर्मचारीको मृत्यु भएकाले शुक्रबार एक दिन आयोजनाको सबै निर्माण कार्य बन्द...