महामारीकै अवस्थामा ६२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा

 कोरोना भाइरसको महामारीकै अवस्थामा ६२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागका निर्देशक टीकामणि न्यौपानेले साउनयता उनीहरू ९७ मुलुकमा पुगेको जानकारी दिए। ‘पुनः श्रम स्वीकृति लिने बढी छन्’, निर्देशक न्यौपानेले भने, ‘स्वदेशमा अवसर नपाएका नयाँ युवाहरू पनि विदेश जाने क्रम बढेको छ।’ कोरोना संक्रमणका कारण फागुन अन्तिमदेखि रोकिएको श्रम स्वीकृति सरकारले असार १९ गते खुला गरेको थियो। विभागका अनुसार पुसमा १४ हजार ७ सय ५३ पुनः र ७ हजार २ सय ९ नयाँ गरी २१ ह...