सुकुम्वासीको पीडा-हाम्रै नारा हाम्रै भोट, बिर्स्यौ बाचा दिएउ चोट !

ऐलानी जमिनको जग्गाधनी पूर्जा (लालपूर्जा) पाउने आशामा जानकी गाउँपालिका–२, भैयापुरका ७३ वर्षीय जीतराम सुनारले २०३६ सालमा बहुदल (प्रजातन्त्र) को पक्षमा भोट हाले । पञ्चायती र प्रजातान्त्रिक व्यवस्था रोज्ने क्रममा उनले प्रजातन्त्रको पक्षमा मतदान गरे । वि.सं. २०३३ सालदेखि बस्दै आएको जमिनको लालपूर्जा बनाई

सम्बन्धित सामग्री

बालेनको घरदैलो : सेल्फी खिच्ने, टिकटक बनाउनेको होड (भिडियो)

पुरानै भेषमा सजिएका छन् बालेन साह । कालो चस्मा, टिसर्टमाथि कालो कोट पाइन्ट, जुत्ता अनि अनि काँधमा नेपालको झण्डा र हातमा लौरो लिएर आफ्नै गतिमा दौडिरहेका छन् साह । घर, पसल, बार्दली अनि सडकका दायाँ बायाँ किनारमा बसेका मतदातालाई नमस्कार गर्दै आफ्नो चुनावी घोषणा पत्र थमाउँदैमा उनी व्यस्त छन् ।‘भ्रष्टाचारीलाई चोटै चोट, बालेन साहलाई भोटै भोट । युवा अघि सर्छ, देश अघि बढ्छ,’ बुधबार साँझ काठमाडौँ महानगरपालिका–७ सिफल क्षेत्रमा घरदैलो कार्यक्रममा भेटिएका बालेनका अघि पछि गुञ्जिएका नारा

तक्माको तानाबाना

देउवा सरकारले काम गरेन भन्थे । ९०३ जनालाई २० करोड खर्च गरेर तक्मा, पदक बाँड्ने निर्णय गरेछ त । अब पनि सरकारले काम गरेन भन्न पाइयो र ? तर सरकारले पदक बाँड्ने मात्र भन्न के भ्याथ्यो, यसको विरोधमा मिडियामा थुप्रै ओइरिए । यी पक्कै पनि ईष्याले जलेका हुन सक्छन्, जल्नेहरू जलिरहन्छन् । राज्यले कालोसूचीमा राखेका व्यापारी, राजस्व चुहावटमा मुछिएका व्यक्ति, आफ्नै उद्योगमा आगो लगाएर बीमाबापतको पैसा असुल्ने व्यक्ति आदि समेतलाई पदवी तथा विभूषण पाउने सूचीमा राखेकाले सरकारको व्यापक विरोध भएको रे । अर्थात् जेल पठाउनुपर्नेलाई पुरस्कार दिइयो रे । ठीकै छ त । मान्छेलाई सुध्रने मौका दिनु परेन ? फेरि कुन जेलमा पठाउने उनीहरूलाई ? जेलहरू त सबै भरिइसकेका छन् । पदक बाँडचुडमा सबैभन्दा रमाइलो कुरा चैं हिजो भटाभट थोकमा पदक बाँड्नेहरूले सत्ताबाहिर पुगेपछि पदकलाई पनि लाज लाग्यो होला भनेर भाषण गरे । यिनलाई चैं लाज भन्ने शब्दको अर्थ थाहा छ होला कि छैन होला हँ ? गृह मन्त्रालयले बनाएको पदक मापदण्ड मिचेर बहालवाला न्यायाधीश, सञ्चारकर्मी, सञ्चार संस्थाका मालिकलाई समेत पदक दिइने कुराको पनि विरोध भएछ । यसमा विरोध गर्नुपर्ने कुनै तुक नै छैन । अरू सप्पैले लिन हुने, उनीहरूले चैं पदक लिन नहुने वा नपाउने भनेर संविधानमा लेख्या छ र ? कार्यपालिकाले न्यायाशीधलाई पुरस्कृत गर्ने, अनि न्यायपालिकाले कार्यपालिकालाई र दुवैले मिडियालाई पुरस्कृत गर्ने परम्परा शुरू गर्नु त राम्रो नि । यसले भाइचारा, मेलमिलाप, सद्भाव बढाउँछ । देशमा यसको कत्रो खाँचो छ ! शक्ति सन्तुलन भन्ने कुरोको चुरो नबुझेपछि कसको के लाग्छ र ? पहिले वर्षमा २/३ सय जनालाई पदक दिइने गरेकोमा अहिले ८/९ सय जनालाई दिइयो भनेर पनि विरोध भइराछ । पदक र पुरस्कार भनेको त मान्छेलाई उत्साहित गर्न वा उत्प्रेरणाका लागि दिने हो । यो त जति धेरैलाई दिन सक्यो, उति राम्रो नि ! १० वर्षमा जम्मा ४५ सय नेपालीले त विभूषण पाएछन् । यो संख्या सारै थोरै भयो । वास्तवमा अब ‘एक घर एक पदक’को योजना ल्याउनुपर्छ । पछि बढाउँदै लगेर ‘एक व्यक्ति एक पदक’ बनाउनै पर्छ । अनि न ‘सुखी नेपाली समृद्धि नेपाल’को नारा सार्थक हुन्छ देशमा । बरु समावेशी पनि बनाउन थालिहाल्न परो । पालिकै पिच्छे पदक र हरेक वडामा पदक तु व्यवस्था गर्न परो । गाउँ गाउँमा सिंंहदरबार पुगेपछि पदकहरू पनि गाउँ गाउँमा पुग्नु परेन ? संघीयता बलियो बनाउने नि यसैगरी हो । खै कुरा बुझ्या ? विभूषणको गरिमा नै रहेन भन्नेहरू पनि भेटिए । हाम्रो देशमा विभूषणकोे कति गरिमा छ भनेर जान्न त त्यो पाउने लिस्टमा पर्न साम, दाम गरेर लवी गर्न गृह मन्त्रालय र त्यस्तै ठाउँमा पुग्नेहरूको ताँतीबाटै थाहा हुन्छ नि । र, पदक पाउन गरिने मेहनत र पदक पाएपछि उनीहरूले गर्ने मिडियाबाजीबाटै प्रस्ट हुन्छ पदक पाउन कति पापड पेल्नुपर्छ भनेर । अर्थात् पदकका लागि लविङ त गर्नैपर्छ नि । कि लेफ्ट हुनुपर्‍यो कि राइट । लेफ्ट–राइट नगरीकनै पदक पड्काउँछु भन्ने सोच्नु भएको छ भने त्यो तपाईंको दिवास्वप्न हो ! अपवादहरूको कुरा बेग्लै हो । पदक पाउनेहरू जति खुशी छन्, त्योभन्दा पदक नपाउनेहरू बढी पीडामा छन् भन्ने कुरा उनीहरूको अनुहार र उनीहरूको सामाजिक सञ्जालमा आएका स्टाटसले स्पष्ट देखाइरहेको छ । आफूले नपाउने पदकको विरोध गर्नु त स्वाभाविकै हो । त्यत्रो भीडमा आफूले पदक नपाएकोमा कत्तिको आत्मसम्मानमा चोट लागेको हुन सक्छ । मान्छे सामाजिक प्राणी हो । ऊ समाजमा अरूभन्दा माथि छु वा विशेष छु भन्ने देखाउन चाहन्छ । राम्रो र ठूलो काम गरेर मात्र पुग्दो रैन्छ । उसलाई अरूले पुरस्कार वा पदकले सम्मानित नगरेसम्म ऊ आफ्नो इज्जत प्रतिष्ठा बढेको छ भन्ने ठान्दो रैन्च । भलै यी पदक, पुरस्कार दुई कौडीको नै किन नहोस् । पदक पाउनेमा आफ्नो नाम परेपछि आफूले गर्दै नगरेको कुन चैं योगदानका लागि सरकारले आफूलाई पदक दिँदै छ भनेर तीन छक्क पर्नेहरू पनि थुपै्र छन् । त्यसैले होला कतिपयले विभूषण लिन अस्वीकार गरेछन् । सरकारले दिन्छु भन्दाभन्दै लिन्न भन्न पाइन्छ ? नलिनेलाई जेल हाल्नुपर्छ, होइन्त गृहमन्त्रीज्यू ? पदक बाँडचुडमा सबैभन्दा रमाइलो कुरा चैं हिजो भटाभट थोकमा पदक बाँड्नेहरूले सत्ताबाहिर पुगेपछि पदकलाई पनि लाज लाग्यो होला भनेर भाषण गरे । यिनलाई चैं लाज भन्ने शब्दको अर्थ थाहा छ होला कि छैन होला हँ ? हिजोआज त पदक, पुरस्कार पाउन अनेक अतिरिक्त योग्यताहरूको आवश्यकता पर्छ भन्छन् । र, त्यसैअनुसार सम्मानका पनि प्रकार हुँदा रहेछन् । जस्तै– चयन सम्मान, व्ययन सम्मान, विनिमय सम्मान आदि । पदक वा सम्मान पाउनेको नाम चयन गर्ने समितिमा तपाईंको आफ्नो मानिस परेको छ भने उसले तपाईंको नाम चयन गर्ने नै भयो । यो चयन सम्मान भयो । व्ययन सम्मानमा तपाईंले सम्मान समितिको सम्मानमा धनराशी व्यय गर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा व्ययराशी सम्मान राशीभन्दा बढी नै हुन्छ । व्ययन सम्मानलाई ‘खाम सम्मान’ पनि भनिन्छ । विनिमय सम्मानमा चैं कसैलाई पदक दिनु छ भने तपाईं आफै समितिमा बस्नुहुन्छ र लिनु छ भने समिति बाहिर बस्नुहुन्छ । यसपालि दिनुहुन्छ, अर्कोपालि लिनुहुन्छ । बार्टर जस्तै क्या ! विनिमय सम्मान विशेषगरी साहित्यका क्षेत्रमा खुबै मौलाएको छ । अँ साँची, कहिलेकाहीँ असम्मानित व्यक्तिबाट सम्मानित हुनुपर्दा कतिलाई पदक पाएको नभै दण्डित भएको महसूस पनि हुन्छ कि हुन्न होला नाई ? जे होस्, विभूषण, तक्मा, पदक प्राप्त गर्ने सबै सुयोग्य महानुभावहरूलाई हृदयदेखि नै बधाई ! छ । अयोग्य भएर वा अन्य कुनै कारणले पदक प्राप्त गर्न नसक्नु भएकाहरूलाई पूरै सान्त्वना छ । पदक प्राप्त गर्ने काममा लागिरहनुहोस्, नेताका नजरमा पर्ने कोसिस गरिरहनुहोस् । एक न एक दिन त एउटा पदक कसो हात नपर्ला र ? बरु मेरो अहिलेदेखि नै तपैंलाई अग्रिम शुभकामना छ है ।

एमसीसी र नेतृत्वले दिएको चोट खेपिरहेका निर्ग!

काठमाडाैँ – २७ जेठ २०७७, चर्को घामले तातेको थियो माइतीघर। चर्का नारा गुञ्जिरहेका थिए, एक कुनामा। दिउँसो एक बजिसकेको थियो। मानिसहरु जम्मा हुँदै थिए। दीपा प्रायः हरेक आन्दोलनमा दाइसँगै हुन्छिन्। त्यस दिन पनि निर्ग जैसी बहिनी दीपासँगै माइतीघर पुगे। योजना थियो– सदा झै एमसीसीविरुद्धको आन्दोलनमा सहभागी हुने। एमसीसीविरुद्धका चर्का नारा सुरु भए। निर्ग आन्दोलनको अगुवामध्ये […]

विद्यार्थीको मसाल जुलुसमाथि प्रहरी हस्तक्षेपः ‘गाडीमा राखेर लौरीले घोचे’

महेन्द्रनगर । अखिल (छैठौं) ले शुक्रबार साँझ देशब्यापी रुपमा मसाल जुलुसको आयोजना गरेको थियो । सोही कार्यक्रम अनुसार कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा पनि छैठौंले मसाल जुलुस प्रदर्शन गर्यो । भाँसिस्थित पूर्वपश्चिम राजमार्गमा विद्यार्थीहरुले मसाल जुलुश प्रदर्शन गरेर चोकमा कोणसभा गर्न लाग्दा प्रहरीले हस्तक्षेप गरेको थियो । मसाल जुलुशलाई सम्बोधन गर्न लाग्दा अखिल (छैठौं) का जिल्ला सचिव पुष्कर भट्टलाई प्रहरीले नियन्त्रणमा लियो । दुई जना प्रहरीले दुईहातमा समातेर नियन्त्रणमा लिँदासमेत भट्टले कोणसभामा सम्बोधन गरिरहेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । सचिव भट्टले संक्षेपमै भएपनि अखिल (छैठौं) ले मसाल जुलुश आयोजना गर्नुको कारण स्पष्ट पार्दै प्रहरी दमनको विरोध गर्नुभएको थियो। त्यसपछि प्रहरीले उहाँलाई समातेर गाडीमा हाल्छन् । भट्टले गाडीमै पनि प्रहरी हस्तक्षेप विरुद्ध नारा लगाइरहनुहुन्छ । त्यसपछि प्रहरी जवानले ३-४ लाठी हान्दै लौरीले शरीरमा घोच्छन् । विद्यार्थी नेता भट्टलाई केहीबेर गाडीमै घुमाएर प्रहरीले छाडिदिन्छ । शुक्रबार साँझ युगदर्शनले सम्पर्क गर्दा भट्टले आफ्नो शरीरको विभिन्न भागमा प्रहरीले हानेको चोट लागेर सुम्ला उठेको बताउनुभयो । प्रहरीले कोणसभामा संक्षेपमा कुरा राख्न दिएर आन्दोलनप्रति सहयोग नै गरेपनि गाडीमा राखेर कुट्नु अन्याय भएको भट्टले बताउनुभयो । यसैबीच अखिल (छैठौं) केन्द्रीय समितिले कञ्चनपुरमा भएको प्रहरी दमनको विरोध गरेको छ । अध्यक्ष वीमल पोख्रेलले विज्ञप्ति प्रकाशित गरी कञ्चननपुर लगायत विभिन्न ठाउँमा भएको प्रहरी दमनको विरोध गर्नुभएको छ । यो हेर्नुहोस्ः देशव्यापी मसाल जुलुसमाथि प्रहरी हस्तक्षेपको अखिल (छैठौं) द्वारा विरोध यस्तै, अखिल (छैठौं) कञ्चनपुरले पनि घटनाको निन्दा गर्दै विज्ञप्ति प्रकाशित गरेको छ । जिल्ला अध्यक्ष महेश भट्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको अप्रजातान्त्रिक र असंवैधानिक कदम प्रतिनिधि सभा विघटनको विरोधमा अखिल (छैठौं) को केन्द्रीय कार्यक्रम अनुसार कञ्चनपुर जिल्ला समितिले कञ्चनपुर जिल्लाको भाषी बजारमा मसाल जुलुस पछिको कोणसभालाई सम्बोधन गर्न क्रममा जिल्ला सचिव पुष्कर भट्टमाथि अमानवीय तरिकाले प्रहरीले गरेको कुटपिटको घोर आपत्ति तथा भत्सर्ना गर्दछौँ ।’ यसैगरी राष्ट्रिय जनमोर्चा कञ्चनपुरले पनि विद्यार्थी नेता भट्टमाथि भएको कुटपिटको भर्त्सना गरेको छ । कार्यक्रमस्थलमै पुगेका राजमो कञ्चनपुरका सहसचिव ...