पर्यटकीय स्थल नरपानीमा वृक्षरोपण तथा सरसफाइ कार्यक्रम

अर्घाखाँची – चिसो हावा र चिसो पानीले प्रसिद्ध अर्घाखाँचीको पर्यटकीय स्थल नरपानीमा वृक्षरोपण तथा सरसफाइ कार्यक्रम गरिएकाे छ । नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति अर्घाखाँचीले शहीद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवसको अवसरमा मनोज, झपेन्द्र स्मृति पार्कमा साेमवार वृक्षरोपण तथा सरसफाइ कार्यक्रम गरेको हो ।वृक्षरोपण तथा सरसफाइ कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष पिताम्बर भुसाल, सन्धिखर्क नगरपालिकाका मेयर कृष्णप्रसाद श्रेष्ठ, सन्धिखर्क–६ का वडाध्यक्ष श्रीधर महत्रा, मालारानी गाउँपालिका–५ क...