प्रतिपक्ष बाहिरिए पनि गण्डकीको  बजेट बहुमतले पारित

पर्वत : गण्डकी प्रदेश सरकारले संसदमा पेस गरेको आर्थिक वर्ष २०७८/०७९ को बजेट बहुमतले पारित भएको छ।प्रदेश सभाको आठौँ अधिवेशनअन्तर्गत बुधबार बसेको २४ सौँ बैठकबाट मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्णयार्थ पेश गरेको बजेटमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा आर्थिक वर्ष २०७८-७९ विनियोजन विधेयक बहुमतले पास भएको हो।मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले असार २८ गते प्रदेशसभामा पेस गरेका थिए। बजेट पास गर्नैपर्ने अवस्था रहेको बेल

सम्बन्धित सामग्री

नागरिकता विधेयक बहुमतले पारित

काठमाडौं । नागरिकता सम्बन्धी विधेयक बहुमतले पारित भएको छ । शुक्रबार दिनभर छलफलपछि प्रतिनिधि सभाले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक बहुमतले पारित भएको हो । प्रतिनिधि सभाबाट पारित भएपछि अब यो विधेयक राष्ट्रिय सभामा जाने छ ।

कर्णालीकाे बजेट बहुमतले पारित

सुर्खेत – कर्णाली प्रदेशको आउँदाे आर्थिक वर्ष २०७९/०८० को बजेट बहुमतले पारित भएको छ ।  आज साेमवार बसेको प्रदेश सभाको २३ औँ बैठकले आउँदाे आर्थिक वर्षको बजेट बहुमतले पारित गरेको हो । बैठकमा आर्थिक विधेयक २०७९/०८० पनि बहुमतले पारित भएको छ । प्रदेश सरकारले आउँदाे आर्थिक वर्षका लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँको बजेट ल्याएको थियो । प्रदेश सरकारले चालुतर्फ नौ अर्ब १६ करोड ९९ लाख, पुँजीगततर्फ १९ अर्ब ४३ करोड पाँच लाख र पालिकामा वित्तीय हस्तान्तरणतर्फ चार अर्ब एक करोड ५७ लाख रुपैयाँ विनियोजन गरेको ...

प्रदेश १ को बजेट बहुमतले पारित

प्रदेश १ को बजेट बहुमतले पारित भएको छ। आइतबारको प्रदेशसभा बैठकमा प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले प्रदेश विनियोजन विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको हो।...

लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

लुम्बिनी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित भएको छ। आर्थिक वर्ष २०७९/०८० का लागि प्रस्तुत भएको बजेट बुधबारको प्रदेशसभा बैठकबाट बहुमतले पारित भएको हो।...

वाग्मती प्रदेशको बजेट बहुमतले पारित

हेटौंडा : वाग्मती प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९-८० को बजेट बहुमतले पारित भएको छ। बिहिबार बसेको बैठकबाट बजेट बहुमतले पारित भएको हो। प्रतिपक्ष दलको अवरोधबिच बजेट बहुमतबाट पारित भएको हो। यस्तै, प्रदेशको विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको छ। प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री…

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। आइतबारको प्रदेश सभा बैठकमा आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो।...

प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित

प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। प्रदेश १ सरकारले पेस गरेको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम आइतबार बसेको प्रदेशसभा बैठकले बहुमतले पारित गरेको हो।...

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

प्रतिनिधिसभाको आजको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ।...

प्रदेश १ को बजेट बहुमतले पारित

मोरङ – प्रदेश १ सरकारको ०७८।७९ को बजेट बहुमतले पारित भएको छ। विराटनगरस्थित प्रदेश सभामा शुक्रबार प्रस्तुत प्रदेश विनियोजन विधेयक २०७८ बहुमतले पारित भएको हो। बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले विधेयक पारित गर्न पेस गरेका थिए। सो विधेयक सभामुख प्रदीपकुमार भण्डारीले बहुमतले पारित भएको घोषणा गरेका थिए। यसक्रममा विपक्षी दलले प्रस्तुत गरेको […]

कर्णाली सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

सुर्खेत। कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा पारित गरियोस् भनी राखेको प्रस्ताव बहुमतले पारित भएको हो। राजबहादुर शाहीले प्रस्तावको पक्षमा हुन्छ भन्नेको आवाज बढी सुनिएकाले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे।