एसियाकै पहिलो सुरुङ मार्गको पुनर्निर्माण अन्तिम चरणमा

वीरगन्ज  ।  निर्माणको क्रममा अवरोध नआए एसियाकै पहिलो भनिएको  महेन्द्र राजमार्गसँग जोडिएको बारा  र हेटौँडाको सीमा स्थल चुरियामाई सुरुङ मार्गको पुनर्निर्माण यही माघ महिनाभित्रमा सकिने भएको छ ।यातायात निर्देशनालय बागमती प्रदेशका इन्जिनियर बिजय केसीका अनुसार अब उक्त सुरुङ  पाँच मिटर मात्रै खन्न बाँकी रहेको छ । मुख्य काम आउटलेट(बाहिरिने) पोर्टलको प्वाइन्ट पत्ता लगाएर रि–कन्ट्रक्सनको काम सम्पन्न भएको इन्जिनियर केसीले बताउनुभयो  ।  […]

सम्बन्धित सामग्री

लिपिङ खोला जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा

चौतारा, ९ फागुन । सोह्र दशमलव २६ मेगावाट क्षमताको लिपिङखोला जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । हिम रिभर हाइड्रोपावर कम्पनी लिमिटेड प्रवद्र्धक रहेको उक्त आयोजनाको सुरुङ बाँध, पाइपलाइन र पावरहाउसको काम ८५ प्रतिशत सकिएको हो । निर्माण सुरु भएको दुई वर्षभित्र नै काम अन्तिम चरणमा पुगेको आयोजनाका कार्यकारी निर्देशक सुदीपकुमार चौधरीले जानकारी दिए […]

नागढुङ्गा–सिस्नेखोला सुरुङ खन्ने काम अन्तिम चरणमा

धादिङ, साउन ३ । नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको सुरुङ खन्ने काम अन्तिम चरणमा पुगेको छ। मुख्य सुरुङ मार्ग करिब ५१५ मिटर र सहायक टनेल करिब ४५ मिटर खन्न बाँकी छ। आयोजनाका इन्जिनियर रमेश कोइरालाले मुलुकका अन्य आयोजनाका तुलनामा यस सुरुङ मार्गको काम तीव्र गतिमा भइरहेको बताउँदै मुख्य र सहायक सुरुङ खन्ने काम क्रमशः असोज र साउनभित्र […]

फुकोट कर्णालीको सुरुङ निर्माण अन्तिम चरणमा

फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ।

घारखोला जलविद्युत् अयोजना निर्माण अन्तिम चरणमा

काठमाडौँ,१२ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ । म्याग्दी हाइड्रोपावर प्रालि प्रवर्द्धक रहेको आयोजनाको भौतिक संरचना निर्माण सकेर उपकरण जडान सुरु भएको छ । आयोजनाका आवासीय इञ्जिनियर जोसेप बज्राचार्यले आगामी चैत महिनाभित्र विद्युत् उत्पादन सुरु गर्ने तयारी भइरहेको भन्दै हाल बाँध, सुरुङ र पेनस्टेक पाइपलाइनको […]

मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षण गर्न पानी पठाइयो, मर्मत अन्तिम चरणमा

काठमाण्डाै – बाढीपहिरोले क्षति पुर्‍याएको मेलम्ची खानेपानी आयोजनाको मर्मत अन्तिम चरणमा पुगेको छ । मुख्य संरचनाको मर्मत र सफाइ  अन्तिम  चरणमा  पुगेसँगै सुरुङ परीक्षणका  लागि  पानी  पठाउन  सुरु  गरिएको  आयोजनाले जनाएको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले हिजो मेलम्चीको  मुख्य  प्रवेशमा  क्षमापूजा  गरेपछि  परीक्षणका लागि पानी पठाइएको मेलम्ची  खानेपानी  विकास  समितिका  सिनियर  डिभिजन  इन्जिनियर &nbs...

मेलम्ची सुरुङको सफाइ अन्तिम चरणमा, पानी सुन्दरीजल पठाउने तयारी

काठमाडौं, चैत ८ । गत असार १ र साउन १७ गतेको बाढीपहिरोले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको सुरुङको सफाइ अन्तिम चरणमा पुगेको छ । सफाइ सकिएसँगै पानी परीक्षण गरी सुन्दरीजल पठाउने तयारी भएको छ । पहिरोसँगै आएको बाढीले परियोजनाको प्रवेशद्वारदेखि अम्बाथानसम्मको ८०५ मिटर सुरुङ र सुरुङभित्र प्रवेश गर्ने अन्य सहायक ढोकासमेत बन्द भएका थिए । पहिरोसँगै […]

मेलम्चीको हेडवर्क्स खुल्यो, सुरुङको सफाइ अन्तिम चरणमा

गत असार १ र साउन १७ गतेको बाढीपहिरोले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको सुरुङको सफाइ अन्तिम चरणमा पुगेको छ । सफाइ सकिएसँगै पानी परीक्षण गरी सुन्दरीजल पठाउने तयारी भएको छ ।पहिरोसँगै आएको बाढीले परियोजनाको प्रवेशद्वारदेखि अम्बाथानसम्मको ८०५ मिटर सुरुङ र सुरुङभित्र प्रवेश गर्ने अन्य सहायक ढोकासमेत बन्द भएका थिए । पहिरोसँगै आएको गेग्य्रानले आयोजनाको मुख्य द्वार (बफर जोन) नौ नम्बर, १० नम्बर ढोका (हेडवर्क्स), अम्बाथानतर्फका १७ र २१ का ढोका (अडिट टनेल) पूरै थुनेको थियो । सुरुङसम्म पुग्ने सहायक ढोका

अपर बलेफी जलविद्युत् आयोजना अन्तिम चरणमा

चौतारा – सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ स्थित ३६ मेगावाट क्षमताको अपर बलेफी जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ। निजी क्षेत्रबाट निर्माणाधीन सो आयोजनाको निर्माण ९७ प्रतिशत सम्पन्न भएको अपर बलेफी हाइड्रोपावर कम्पनीका अध्यक्ष उमेश कसजुले जानकारी दिए। आयोजनाबाट उत्पादित विद्युत् दशैँअगावै परीक्षण गर्ने तयारीमा रहेको उनको भनाइ छ। सुरुङ निर्माणको काम एक वर्षपहिले नै सम्पन्न […]

घारखोलाको बाँध र सुरुङ निर्माण अन्तिम चरणमा

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिकामा सञ्चालित घारखोला जलविद्युत् आयोजनाको बाँध र सुरुङ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको १४ मेगावाट क्षमताको घारखोलाको बाँध र सुरुङ निर्माणको काम ९५ प्रतिशत सकिएको हो । विद्युत्गृह, पेनस्टक पाइप जडानलगायत पूर्वाधार निर्माणको काम पनि धमाधम भइरहेको छ । म्याग्दी हाइड्रोपावरका अधिकृत अनिल तिवारीले […]

४२ मेगावाट क्षमताको मिरिस्तीखोला जलविद्युत् आयोजनाकाे काम अन्तिम चरणमा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणाधीन मिरिस्तीखोला जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । ४२ मेगावाट क्षमताको मिरिस्ती खोला जलविद्युत् आयोजना निर्माणसँगै उत्पादन परीक्षणका लागि अन्तिम चरणमा पुगेको हो । माउण्टेन इनर्जी प्रालि नेपालले बनाइरहेको यस आयोजनाको अहिलेसम्म ९९ प्रतिशतभन्दा बढी भौतिक प्रगति सकिएको आयोजनाले जनाएको छ । सुरुङ तथा पाइपमा पानी राखेर परीक्षण गरिसकिएको छ भने अब फेरि पानी राख्ने तयारी गरिएको छ । अहिले पाउवर हाउसभित्र विद्युतीयसम्बन्धी काम भइरहेको आयोजनाका आवासीय ...