देशभर जम्मा ३३४ जना सक्रिय संक्रमित, २४ घण्टामा १० जना थपिए

देशभर जम्मा ३३४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो समय संक्रमितको संख्या घट्दो क्रममा रही सक्रिय संक्रमित ३३४ जनामा सीमित भएका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ४०३ जनामा कोरोना परीक्षण गर्दा १० जनामा पुष्टि भएको छ भने सोही अवधिमा २६ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

सम्बन्धित सामग्री

देशभर १०७७ जना सक्रिय संक्रमित, पछिल्लो २४ घण्टामा ४५ जनामा कोरोना पुष्टि

हाल देशभर कोरोनाभाइरसका सक्रिय संक्रमित १०७७ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमण निको हुनेको संख्या ७० जना थपिएपछि सक्रिय संक्रमितको संख्या १ हजार ७७ मा सीमित भएको हो । सोही अवधिमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार २ हजार ६७८ जनामा गरिएको परीक्षणका क्रममा ४५ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा संक्रमणबाट मृत्युदर शून्य रहेको छ ।

देशभर २२७१ जना सक्रिय संक्रमित, पछिल्लो २४ घण्टामा एकको मृत्यु

हाल देशभर २२७१ जना सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७९ जना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या २२७१ कायम भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९५९ जनामा कोरोना परीक्षण गरिएको थियो । यस्तै सोही अवधिमा १७१ जना निको भएका छन् भने एक जनाको मृत्यु समेत भएको छ ।

२४ घण्टामा थपिए १७३ जना कोरोना संक्रमित, ३६१२ सक्रिय संक्रमित

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप १७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९९९ पुगेको छ। शनिबार ३९६ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३ हजार ६१२ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य […]

पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना पुष्टि, १४९ सक्रिय संक्रमित

काठमाडौँ–नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन्। शुक्रबार १२ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर १४९ जना सक्रिय संक्रमित छन्। गत चौबीस घन्टामा २ […]

२४ घण्टामा २५ जनामा कोरोना संक्रमण, देशभर १०८१ जना सक्रिय संक्रमित

पछिल्लो २४ घण्टामा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४९५१ जनामा गरिएको नमूना परीक्षणमा २५ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा ८९ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने यसअवधिमा कसैको मृत्यु भएन ।मन्त्रालयका अनुसार अहिले देशभर १०८१ जना सक्रिय संक्रमित रहेका छन् भने २४ घण्टामा ६०२६० जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । मन्त्रालयका अनुसार अहिले निको हुनेको दर ९८.७ प्रतिशत रहेको छ ।

देशभर ५ हजार भन्दा कम सक्रिय संक्रमित, २४ घण्टामा ६५ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा देशभर जम्मा ६५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १९२ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाभाइरसको सक्रिय संक्रमित ५ हजार भन्दा कम रहेका छन् ।अर्थात देशभर ४ हजार ९१७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ९४७ जनामा कोरोना परीक्षण भएको थियो ।

२४ घण्टामा ११२ संक्रमित थपिए, ५ हजार ३४० जना सक्रिय संक्रमित

पछिल्लो २४ घण्टामा देशभर ११२ जना संक्रमित थपिएको छ । सो अवधिमा ९ हजार ३२८ जनाको स्वाब परीक्षण भएको थियो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्युदर भने शून्य रहेको छ । सोही अवधिमा ४२९ जना संक्रमणमुक्त समेत भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ । हाल देशभर सक्रिय संक्रमित ५ हजार ३४० जना रहेका छन् ।

२४ घण्टामा ६८० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित २० हजार भन्दा कम

पछिल्लो २४ घण्टामा देशभर ६८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कुल ७ हजार ९५ जनामा कोरोना परीक्षण गर्दा ६८० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो समय कोरोना संक्रमित हुने भन्दा निको हुने दर बढ्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै १ हजार ८३५ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । यससँगै देशभर सक्रिय संक्रमित २० हजार भन्दा कम रहेका छन् । अर्थात मंगलबार देशभर १९ हजार ४०० जना सक्रिय संक्रमित रहेका छन् । यसैगरी पछिल्लो २४ घण्टामा को

२४ घण्टामा ८ हजार ४५४ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ९० हजार नाघे

पछिल्लो २४ घण्टामा देशभर ८ हजार ४५४ जनामा कोरोना कोरोना पुष्टि भएको छ । सोही अवधिमा ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  पछिल्लो २४ घण्टामा देशभर २० हजार ३५९ जनाको नमुना परीक्षण भएकामा ८ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोनाका सक्रिय संक्रमित ९० हजार ६७ जना पुगेका छन् । पछिल्लो २४ घण्टामा ४ हजार ४३३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म ६१ लाख ११ हजार २१३ जनाको परीक्षण भएकामा जम्मा १० लाख ५४ हजार ८८