सुदूरपश्चिम प्रदेश : बजेटमाथिको छलफल अघि बढाउन छलफल सुरु

सुदूरपश्चिम प्रदेश सरकारले बजेटमाथिको छलफल अघि बढाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल थालेको छ ।  प्रतिपक्षी दलहरु प्रदेश सभा बैठकमा सहभागि नहुँदा तीन पटक बैठक स्थगित भएपछि बैठकलाई अघि बढाउन सरकारले सहभागीका लागि प्रमुख प्रतिपक्षी दलसँग छलफल थालेको हो ।बिहानैदेखि मुख्यमन्त्रीको उपस्थितिमा नेकपा एमालेका संसदीय दलका नेता प्रकाश शाहसहित प्रदेश सभा सदस्यहरुसँग छलफल भइरहेको प्रदेश सभा सदस्य लीलाधर भट्टले जानकारी दिए ।  बजेटमाथिको छलफल अघि बढाउन सत्तारुढ दलसँग मात्र छलफल गरिरहेको थिय