यती विमान दुर्घटना : थप एक जनाको शव भेटियो, सेतीको पानी घटाएर खोजी

पर्वत : पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा बेपत्ता रहेका दुई जनामध्ये एक जनाको शव आज फेला परेको छ।कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीका अनुसार दुर्घटना भएको तेस्रो दिन मंगलबार एक महिलाको शव विमान दुर्घटनामा परेको स्थलबाट करिब ३ सय मिटर तल भेटिएको छ। जहाज ठोक्किएको सेती नदीको डिलबाट तलको खोंचमा शव भेटिएको हो।दुर्घटनामा परेको यती एयरलाइन्सको एटीआर विमानमा ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य गरी ७२ जना सवार रहेका थिए। दुर्घटना भएकै दिन आइतबार साँझसम्म ६८ जनाको शव भेटि

सम्बन्धित सामग्री

यती विमान दुर्घटना : शव दिन शुरु‚ सदाकतको शव दिइयो परिवारलाई

पर्वत : पोखरामा भएको जहाज दुर्घटनामा फेला परेकामध्ये सबैभन्दा पहिले सदाकत अलि मियाँको शव परिवारलाई हस्तान्तरण गरिएको छ।कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार पोस्टमार्टमको सकिएपछि परिवार शव बुझ्नका लागि तयार रहेको अवस्थामा सबैभन्दा पहिले सदाकतको शव परिवारको जिम्मा लगाइएको हो।पहिचान छिटो हुनु तथा पोस्टमार्टमपछि साँझको समय भए पनि आफन्तजन शव बुझ्नका लागि तयार भएपछि भेटिएका ७० वटा शवमध्ये सबैभन्दा पहिला उनको शव हस्तान्तरण गरिएको हो।पोखराकै बासिन्दा रहेका उनले पोखराको सिद्धार्थ चोकमा