कृषिप्रति अनिच्छा बढिरहे पनी गगनगौँडा फाँटमा उत्पादन बढ्दै, जमिन घट्दै

“यै माटो यही धर्तीमा लडिबुडी खेलेर हुर्क्यो तन जस्को अन्न र पानी खाई दिनहुँ जो पूर्ण भो जीवन त्यै धर्ती टुहुरो गराइ कसरी बस्छौँ युवा बाहिर यिन्लाई यसरी चटक्क भुलदा लाग्दैन कि क्यै पीर ?” कुन्तीदेवी भट्टराईको ‘धरतीको पुकार’ नामक कवितामा भनेजस्तै पछिल्लो समयमा रोजगारीको खोजीमा युवा बाहिरिने क्रमसँगै खेतीयोग्य जमिन बाँझो हुँदै गएका छन् […]