विश्व स्वास्थ्य सङ्गठन भन्छ– ‘विश्वभर वायु प्रदूषणकाे अवस्था खतरनाक’, निर्देशिका संशाेधन

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले १५ वर्षपछि वायु गुणस्तर निर्देशिका संशोधन गरेको छ । वायु प्रदूषणका कारण मुटु र फोक्सोका गम्भीर बिरामीको सङ्ख्या र मृत्यु दर कम गराउनका लागि संयुक्त राष्ट्र सङ्घमा आवद्ध एक सय ९४ देशका लागि निर्देशिका लागु हुनेछ । वायु प्रदूषणले गर्दा जलवायु परिवर्तनमा असर पुगेको र मानव जीवन तथा वातावरणकै लागि खतरा निम्त्याएको भन्दै डब्ल्यूएचओले यसबारे पहिलेको बुझाइलाई व्यापक परिवर्तन गनुपर्ने जनाएको छ । वायु प्रदूषणकै कारण हरेक वर्ष विश्वभर ७० लाख मानिसको ज्यान गइरहेको र नयाँ निर्देशिका ...

सम्बन्धित सामग्री

यूरोपमा वायु प्रदूषणको मात्र उच्च

एजेन्सी – हाल यूरोपमा सबैभन्दा महत्वपूर्ण वातावरणीय स्वास्थ्य जोखिम वायु प्रदूषणको रहेको यूरोपेली सङ्घ (ईयू) वातावरणसम्बन्धी निकायलेजनाएको छ । ‘सन् २०२१ मा वायु प्रदूषक सान्द्रता विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)द्वारा यसको वायुको शुद्धतासम्बन्धी दिशानिर्देशमा सिफारिस गरिएको स्तरभन्दा बढी रहेको छ’, युरोपेली वातावरण निकाय (ईईए)ले प्रकाशित एक रिपोर्टमा भनेको छ, ‘यी दिशानिर्देश स्तरहरूमा वायु प्रदूषण कम गरिएमा […]

साँच्चै डरलाग्दो बन्दै छ वायु प्रदूषण

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले वायु प्रदूषण पहिले अनुमान गरिएभन्दा धेरै गुणा खतरनाक रहेको भन्ने निष्कर्ष सार्वजनिक गरेको छ । वातावरणमा रहेको नाइट्रोजन डाइअक्साइडले मानिसलाई असुरक्षित गराएको छ । डब्ल्युएचओको तथ्याङ्कअनुसार वार्षिक ७० लाख मानिस वायु प्रदूषणसँग सम्बन्धित रोगले मर्ने गरेका छन् । आर्थिक विकासका नाममा हुने गरेको जीवाश्म इन्धनको बढी प्रयोग हुने मध्यम तथा […]

डब्ल्यूएचओको चेतावनीः वायु प्रदूषण सोचिएभन्दा खतरनाक भयो

काठमाडौं, ७ असोज । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले वायु प्रदूषणको अवस्था सोचिएकोभन्दा खतरनाक रहेको चेतावनी दिएको छ । वायु प्रदूषणसँग सम्बन्धित रोगका कारण विश्वभरि प्रत्येक वर्ष अनुमानित ७० लाख मानिसको अल्पायुमै मृत्यु भइरहेको डब्ल्यूएचओले उल्लेख गरेको छ । नोभेम्बरमा हुन लागेको कोप–२६ सम्मेलनअघि डब्ल्यूएचओले आफ्ना १९४ सदस्य राष्ट्रलाई उत्सर्जन घटाउन तथा जलवायु परिवर्तनको सम्बन्धमा काम […]

वायु प्रदूषणले वार्षिक ७० लाख व्यक्तिको अल्पायुमै मृत्यु : डब्लुएचओ

काठमाडौं । वायु प्रदूषण अहिले मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा भएको भन्दै एक वर्षमा ७० लाख व्यक्तिको अल्पायुमा मृत्यु हुने विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले बुधबार जानकारी गराएको छ । सङ्गठनले वायु प्रदूषणको जोखिम कम गर्न तत्काल कदम चाल्नु आवश्यक भएकाप्रति जोड दिँदै मानव स्वासप्रश्वासमा देखिने अन्य समस्यामा धूम्रपान र अस्वास्थ्यकर भोजनसँग सम्बन्धित रहेको […]

वायु प्रदूषण मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा बन्दै

काठमाण्डाै - वायु प्रदूषण मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा भएको भन्दै विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको छ । वायु प्रदूषणसँग जोडिएको कुनै न कुनै बिरामीका कारण विश्वमा एक वर्षमा ७० लाख जनाको ज्यान जाने गरेकाले वायु प्रदूषण मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा भएको डब्ल्यूएचओले जनाएको छ । सङ्गठनले वायु प्रदूषणको जोखिम कम गर्न तत्काल कदम चाल्नु आवश्यक भएकोप्रति जोड दिँदै वायु प्रदूषण धूम्रपान र अ-स्वस्थ्यकर खाना जत्तिकै हानिकारक भएको जनाएको बीबीसीको खबरमा उल्लेख छ । वायु ...

वायु प्रदूषण, मानसिक स्वास्थ्य र मनोविज्ञान

मुलुकभरि नै वायु प्रदूषणको मात्रा बढेको छ । अहिलेको वायु प्रदूषणको अवस्था विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले तोकेको मापदण्डभन्दा निकै खराब अवस्थामा छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार वातावरणीय वायु प्रदूषणले विश्वभर प्रतिवर्ष लगभग तीन मिलियन (तीस लाख) अकाल मृत्यु हुने गर्छ । मापदण्डअनुसार हावाको गुणस्तर सूचक ५० सम्म रहनु मानव स्वास्थ्यका लागि राम्रो मानिन्छ भने ५० देखि १०० सामान्य र त्योभन्दा माथि हानिकारक मानिन्छ । दुई सयभन्दा माथि जानु घातक र तीन सयभन्दा माथि अति अस्वस्थकर मानिन्छ । वायु प्रदूषण विश्लेषण गर्ने संस्था ‘आईक्यू एअर’को तथ्याङ्कले केही दिनयता नेपालसहित एसियाली मुलुकमा तुँवालोको अवस्था विकराल बन्दै गएको देखाएको छ । म्यानमारदेखि अफगानिस्तानसम्म फैलिएको हिन्दुकुश हिमालय क्षेत्रमा प्रदूषण बढी देखिन्छ । आईक्यू एअरका अनुसार २९ मार्च २०२१ सोमबार दिउँसो काठमाडौँ विश्वका ९४ सहरमध्ये दक्षिण कोरियाको बुसान सहरपछि दोस्रो बढी प्रदूषितमा रह्यो । प्रदूषित सहरको सूचीमा बङ्गलादेशको ढाका तेस्रो, पाकिस्तानको लाहोर चौथो, भारतको कोलकाता पाँचौँ, म्यानमारको याङ्गुन छैटौँ र भारतको दिल्ली सातौँ स्थानमा थिए ।

काठमाण्डौमा वायु प्रदूषण उच्च, सकभर घरबाहिर ननिस्कन सरकारको आग्रह

काठमाण्डाै – काठमाण्डौ उपत्यकाको वायु प्रदूषण (हावाकाे गुणस्तर सूचकाङ्क मानक) जनजीवनका लागि घातक तहमा पुगेको छ । काठमाण्डौ उपत्यकामा साेमबार (हिजो) देखि वायु प्रदूषण बढेको र प्रदूषणको अवस्था अहिलेसम्मकै उच्च तहमा पुगेको वातावरण विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीले बताउनुभयो ।काठमाण्डौ उपत्यकामा यसअघि वायुको गुणस्तर एअर क्वालिटी इण्डेक्स (एक्वुआई) अधिकतम दुई सय नजिक पुगेकोमा साेमबार (हिजो) तीन सय नाघेको उहाँले बताउनुभयो ।विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले स्वास्थ्यका लागि एक्वुआई २५ हुनुपर्ने बताएको छ भने ५० ...