गलत सन्देशका कारण सम्पर्क टुटेको अन्तरिक्षयान भ्वायजर टू सम्पर्कमा आयो

अमेरिकी अन्तरिक्ष निकाय (नासा) ले गलत सन्देश पठाएका कारण सम्पर्कबाहिर पुगेको अन्तरिक्ष यान भ्वायजर टू सँग पुनः सम्पर्क भएको छ । पृथ्वीबाट अर्बौँ माइल टाढा रहेको भ्वायजर टू लाई गलत सन्देश पठाएका कारण दुई हप्ताअघि सम्पर्क टुटेको थियो ।नासाका वैज्ञानिकहरुले समस्या समाधान गरेपछि ४६ वर्षदेखि अन्तरिक्षमा रहेर अनुसन्धानमा सघाइरहेको भ्वायजर टू सम्पर्कमा आएको बीबीसीले जनाएको छ । गलत सन्देश पठाइएका कारण पृथ्वीको अर्कोतर्फ फर्किएको भ्वायजर टू को एन्टेना पहिलेकै अवस्थामा फर्काउन नासाले अष्ट्रेलियामा रहेको शक्तिशाली रेडियो एन्टेनाको प्रयोग...

सम्बन्धित सामग्री

नासाको गलत निर्देशनले १९.९ अर्ब किलोमिटर टाढा पुगेको भोयाजर–२ बाट सिग्नल प्राप्त

नेशनल एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) को गलत निर्देशनका कारण भोयजर-२ अन्तरिक्षयान १९.९ अर्ब किलोमिटर टाढा पुगेको छ । योसँगै अन्तरिक्षयानको एन्टेना पनि २ प्रतिशतले सरेको थियो, जसका कारण नासासँगको अन्तरिक्षयानको सम्पर्क टुट्न पुगेको थियो । तर मंगलबार भने भोयजर–२ १९९७ बाट हार्टबिट सिग्नल प्राप्त भएको छ ।  प्राविधिक गडबडीका कारण अन्तरिक्ष यानले डिप स्पेस...