शिक्षकहरूको वार्षिक परीक्षा बहिष्कार गर्ने निर्णय‚ ६ हजार विद्यार्थीको भविष्य अन्योलमा

रौतहट : रौतहटको फतुवा विजयपुर नगरपालिकाका ६ हजार विद्यार्थीको भविष्य अन्योलमा परेको छ।सो नगरक्षेत्रअन्तर्गत शिक्षक शिक्षिकाहरु तलब माग गर्दै धर्नामा बसेर बिहीवारदेखि सञ्चालन हुने वार्षिक परीक्षा बहिष्कार गर्ने निर्णय गरेको छ। शिक्षकहरूको निर्णयसँगै नगर क्षेत्रका ६ हजार विद्यार्थीको भविष्य अन्योलग्रस्त बनेको छ।नगर शिक्षा संयोजक शिक्षक राधेश्याम यादवको अध्यक्षतामा बुधवार बसेको शिक्षकहरूको बैठकले बिहीवारदेखि हुने भनिएको कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा बहिष्कार गर्ने निर्णय गरेको हो।पटकपटक आश्