हिमालयन र सिभिल बैङ्कको मर्जर हाललाई स्थगित

काठमाडौँ । हिमालयन बैङ्क र सिभिल बैङ्कबिच आज (शुक्रबार) हुने भनिएको मर्जर सम्झौता हाललाई स्थगित भएको छ। शुक्रबारको लागि सम्झौता गर्ने कार्यक्रममा हिमालयन बैङ्कले केही सञ्चारकर्मीलाई निमन्त्रणासमेत गरेको थियो । स्रोतका अनुसार हिमालयन बैङ्कका सञ्चालकहरूले सिभिल बैङ्कलाई दिन लागिएको स्वाप रेसियोमा असहमति जनाएपछि मर्जरमा बाधा आएको हो । हिमालयन बैङ्कको एक सय कित्ता सेयर बराबर […]

सम्बन्धित सामग्री

हिमालयन बैंकको साधारणसभाले पारित गर्‍यो सिभिल बैंकलाई प्राप्ति गर्ने प्रस्ताव

२८ पुस, काठमाडौं । हिमालयन बैंक लिमिटेडले सिभिल बैंक लिमिटेडलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गर्दै ३०औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । २८ पुसमा सम्पन्न बैंकको वार्षिक साधारणसभाले सिभिल बैंक लिमिटेडलाई १००ः८०.२८ को सेयर आदानप्रदान अनुपातमा (सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीहरुले हिमालयन बैंकको ८०.२८ कित्ता सेयर पाउने) प्राप्ति गर्ने गरी मर्जर प्रस्ताव […]

हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार १८ माघदेखि

हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार १८ माघदेखि हुने भएको छ । दुई बैंकलाई नेपाल राष्ट्र बैंकले एकीकृत कारोबार गर्न स्वीकृति दिएसँगै कारोबारको मिति तय भएको हो । दुवै बैंकले वार्षिक साधारण सभा २७ पुसमा गर्ने जानकारी दिएका छन् । हिमालयनले सिभिललाई प्रतिसेयर ८१ रुपैयाँ दिनेगरी गत २९ असारमा मर्जर सम्झौता भएको थियो । […]

हिमालयन बैंक र सिभिल बैंकबीच प्राप्ति सम्झौता सम्पन्न

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्ने भएको छ । दुई बैंकबीच आज बुधबार गाभ्ने गाभिने सम्झौतामा हस्ताक्षर भएको हो । समझदारीपत्रमा हिमालयन बैंकको तर्फबाट अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र सिभिल बैंकको तर्फबाट अध्यक्ष प्रतापजंग पाण्डेले हस्ताक्षर गरेका छन् ।सिभिल बैंकको मंगलबार बसेको संचालक समितिको बैठकले सिभिलले अगाडी राखेको सर्त मान्न हिमालयन बैंक तयार भएको भन्दै हिमालयनसँग प्राप्तिमा जाने निर्णय गरेको थियो। सोहि अनुसार आज मर्जर तथा प्राप्ति सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता अनुसार प्राप्ति पश्चात बन्ने बैंकको नाम हिमालयन बैंक नै हनेछ भने सिभिलको नाम विलय हुनेछ। त्यस्तै संचालक समितिमा पनि हिमालयन बैंकको संचालक मात्र रहनेछन्।  कर्मचारी तर्फ हिमालयन बैकका अशोक शमशेर राणा नै सीईओ बन्नेछन् भने सिभिल बैंकका सीईओ सुनिल पोखरेल वरिष्ठ डेपुटी सीईओ हुनेछन्। त्यस्तै दुवै बैंकबीच कर्मचारी समायोजनमा पनि सहमति जुटेको छ। कर्मचारी समायोजन गर्दा खाईपाई आएको तलब सुविधा घट्नेछैन भने समान पदमा समायोजन हुनेछ।  हिमालयन र सिभिलबीच स्वाप रेसियो १००:८१ हुने सहमति जुटेको छ। जस अनुसार सिभिल बैंकको १०० कित्ता शेयर हुनेले प्राप्तिपछि बन्ने हिमालयन बैंकको ८१ कित्ता शेयर पाउने छन् ।

अर्को ट्वीस्ट नआए हिमालयन र सिभिल बैंकबीच आज मर्जर तथा प्राप्ति सम्झौता

सिभिललाई हिमालयन बैंकले प्राप्ति गर्ने प्रकृया करिब करिब सहमतिमा पुगेको छ। सिभिल बैंकको मंगलबार बसेको संचालक समितिको बैठकले सिभिलले अगाडी राखेको सर्त मान्न हिमालयन बैंक तयार भएको भन्दै हिमालयनसँग प्राप्तिमा जाने निर्णय गरेको हो। 'सिभिलले अगाडी सारेका बिषयहरु हिमालयन बैंकले बीना सर्त मान्न तयार भएपछि सिभिलको संचालक समितिको बैठकले हिमालयनसँग प्राप्तिमा जाने निर्णय गरेको हो।' बैंक स्रोतले भन्यो। स्रोतकाअनुसार सिटिजन्स र हिमालयन मध्ये कुनसँग प्राप्तिमा जाने भन्ने बिषयमा संचालक समितिमा छलफल भएको र अन्तिममा हिमालयनसँग प्राप्तिमा जानलाई सहमती जुटेको हो।पूर्व सहमतिअनुसार नै प्राप्ति पश्चात बन्ने बैंकको नाम हिमालयन बैंक नै हनेछ भने सिभिलको नाम विलय हुनेछ। त्यस्तै संचालक समितिमा पनि हिमालयन बैंकको संचालक मात्र रहनेछन्।  कर्मचारी तर्फ हिमालयन बैकका अशोक शमशेर राणा नै सीईओ बन्नेछन् भने सिभिल बैंकका सीईओ सुनिल पोखरेल वरिष्ठ डेपुटी सीईओ हुनेछन्। त्यस्तै दुवै बैंकबीच कर्मचारी समायोजनमा पनि सहमति जुटेको छ। कर्मचारी समायोजन गर्दा खाईपाई आएको तलब सुविधा घट्नेछैन भने समान पदमा समायोजन हुनेछ।  यस अगाडी शुक्रबार मर्जर सम्झौता हुने भनीएपनि अन्तिममा हिमालयनले नयाँ सर्त अगाडी सारेपछि सिभिल बैंक प्राप्ति प्रकृयाबाट पछाडी हटेको थियो। सिभिल बैंकको मर्जर कमिटी बैठकले तीन वटा विषयमा लिखित र प्रष्ट सम्झौता नभएसम्म हिमालयनसँग प्राप्तिमा नजाने अडान लिएको थियो। हिमालयन र सिभिलबीच स्वाप रेसियो १००:८१ हुने सहमति जुटेको छ।  सबै कुरा सहजढंगले अगाडी बढे आज दिउँसो ३ बजे पश्चात सम्झौता हुने बताईएको छ ।

मर्जर बिथोलिंदा ‘बार्गेनिङ पावर’ गुमाउँदै हिमालयन बैंक

२४ असार, काठमाडौं । सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) मा हिमालयन बैंकले दोहोरो कुरा गरेको भन्दै सिभिल बैंकले हिमालयन बैंकमा गाभिने सम्झौता गर्न अस्वीकार गर्‍यो । नेपाल इन्भेस्टमेन्ट बैंकसँग मर्जर भाँडिएपछि सिभिलसँग प्रक्रिया अघि बढाउन खोज्दा आएको उल्झनले हिमालय बैंकलाई दबावमा पारेको छ । हिमालयन बैंकले सिभिल बैंकलाई १००ः८१ स्वाप रेसियोमा गाभ्ने सहमति भएर शुक्रबार […]

हिमालयन बैंक र सिभिल बैंकको मर्जर भाँडियाे

आज हुन लागेको हिमालयन बैंक र सिभिल बैंकको मर्जरसम्बन्धी सम्झौता कार्यक्रम स्थगित भएको छ ।

हिमालयन र सिभिल बैंकबीचको मर्जर स्थगित

काठमाडौं। शुक्रबारका लागि तय गरिएको हिमालयन र सिभिल बैंकबीचको मर्जरसम्झौता स्थगित भएको छ । दुवै बैंकबीच पूर्व सहमति अनुसार कुरा नमिलेपछि मर्जर स्थगित भएको हो। शुक्रबार १ बजे सोल्टी होटलमा मर्जरको सम्झौतासहित पत्रकार सम्मेलन गर्ने तय भएको थियो । तर बिहीबार बेलुका एकाएक हिमालयन बैंक र सिभिल बैंकबीच कुरा नमिलेपछि भाँडिने खतरा बढेको हो । […]

हिमालयन र सिभिल बैंकबीच जुट्यो मर्जर सहमति, हिमालयनले बोलायो बोर्ड बैठक

२२ असार, काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकबीच मर्जरमा जाने सहमति जुटेको छ । केही साता अगाडि ‘नन् डिस्क्लोजर एग्रिमेन्ट’ गरेर डकुमेन्ट आदान प्रदान गरेका दुई बैंकबीच मर्जरमा जाने सहमति भएको हो । सेयर आदन प्रदान अनुपात (स्वाप रेसियो) मा सहमति भएसँगै बैंकको नाम सञ्चालक समिति, कर्मचारी समायोजना लगायतका विषयमा पनि सहमति गरेर जाने […]

हिमालयन र सिभिल बैंकबीच स्वापमा कुरा मिल्यो, यसैसाता मर्जरको लागि सम्झौता हुने

'नन डिस्क्लोजर एग्रिमेन्ट' गरेर मर्जर प्रकृया अगाडी बढाएका हिमालयन र सिभिल बैंकबीच यसै साता मर्जरमा जानको लागि औपचारिक सम्झौता हुने भएको छ । स्वाप रेसियो, बैंकको नाम, संचालकहरु लगायतका विषयमा टुंगो लागिसकेकोले सम्भवत बिहिबार वा शुक्रबार मर्जरको लागि औपचारिक सम्झौता हुने भएको हो ।  संचालक समिति र उच्च व्यवस्थापनको विषयमा टुंगो लागिसकेको बैंकका एक संचालकले बताए । उनका अनुसार १००:८१ को स्वापमा पनि सहमति भईसकेको छ ।  अब कर्मचारी समायोजनको विषय टुंगोमा लगाएर मर्जर सम्झौतामा हस्ताक्षर हुने छ । आज पनि मर्जर कमिटिको छलफल रहेकोले कर्मचारी समायोजनको विषय पनि आज नै टुंगो लागि सक्ने उनले बताए ।   नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर सम्झौता तोडीएपछि हिमालयन बैंक अर्को कुनै बैंकलाई प्राप्ति तथा मर्जर गर्नुपर्ने दबाबमा रहेको छ।  भने यता सबै सूचकमा राम्रो बन्दै गएको सिभिल बैंकलाई राम्रो स्वाप नपाउँदासम्म मर्जर तथा प्राप्तिमा नजाने 'एड्भान्टेज' छ। इन्भेष्टमेन्टले भने मेगा बैंकसँग मर्जरको लागि सम्झौता गरिसकेको छ ।  हिमालयन र इन्भेष्टमेन्टको मर्जर प्रक्रिया टुटेपछि सिभिललाई हिमालयनको सम्भावित पार्टनरको रुपमा हेरिएको हो। हिमालयन बैंकमा हबिब बैंकपछिको दोस्रो ठुलो सेयरधनी रहेको कर्मचारी संचय कोषको लगानी सिभिल बैंकमा पनि भएको र सिभिल बैंकमा धेरै सेयर हिस्सा ओगटेको अर्को कुनै पार्टी नभएकाले पनि हिमालयनले सिभिल बैंकलाई प्राप्ति गर्ने धेरैको अनुमान छ। इन्भेष्टमेन्टसँगको मर्जर सम्झौता अगाडी पनि पनि हिमालयन र सिभिल बीच मर्जर प्रकृया धेरै अगाडी बढेको थियो। पछिल्लो समय नेपाल राष्ट्र बैंकले पनि मर्जरको लागि दिइएको छुट सुविधाहरु यहि असारसम्म मात्र प्राप्त हुने भन्दै बैंकहरुलाई मर्जरको लागि दबाब दिईरहेको छ । यस अघि:- हिमालयन र सिभिल बैंकबीच मर्जरको लागि 'नन डिस्क्लोजर एग्रिमेन्ट'

हिमालयन बैंक र सिभिल बैंक मर्जर हुने, सहमतिपत्रमा बुधबार हस्ताक्षर गर्ने

हिमालयन बैंक र सिभिल बैंक एक आपसमा मर्जरमा जाने भएका छन् । यसअघि नेपाल इन्भेस्टमेन्ट बैंकसँग लामो प्रोसेस चलेर पनि अन्तमा मर्जर भाँडिएको हिमालयनले सिभिललाई मर्जर पार्टनरको रुपमा स्वीकार्ने भएको हो । १००ः८१ को स्वाप रेसियोमा हिमालयन र सिभिल मर्जरमा जाने सहमति भएको स्रोतले बतायो । सोही सहमति बमोजिम भोलि बुधबार दुई बैंकबीच मर्जर सहमति हुने बताएको छ ।