२७ वाणिज्य बैंकको नाफा १० प्रतिशतले वृद्धि

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को दोस्रो त्रैमाससम्ममा २७ वाणिज्य बैंकको नाफा औसतमा १० दशमलव १० प्रतिशतले वृद्धि भएको छ । गत आव २०७७/७८ को दोस्रो त्रैमाससम्मको तुलनामा वाणिज्य बैंकहरूको नाफा १० दशमलव १० प्रतिशतले वृद्धि भएर रू. ३४ अर्ब २१ करोड पुगेको हो । गत आवको दोस्रो त्रैमाससम्ममा यी वाणिज्य बैंकको कुल नाफा रू. ३१ अर्ब ७ करोड रहेको थियो । चालू आवको दोस्रो त्रैमाससम्ममा १६ ओटा वाणिज्य बैंकको नाफा १ अर्बभन्दा माथि छ । तीनओटा बैंकको नाफा २ अर्बमाथि पुुगेको छ । सबैभन्दा बढी नाफा ग्लोबल आईएमई बैंकले कमाएको छ । यो बैंकले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. २ अर्ब ६६ करोड नाफा कमाएको छ । गतवर्षको दोस्रो त्रैमासम्ममा यो बैंकले रू.२ अर्ब ३१ करोड नाफा कमाएको थियो । त्यस्तै नाफा बढी कमाउने दोस्रो स्थानमा एनआईसी एशिया र तेस्रोमा नबिल बैंक रहेका छन् । चालू आवको दोस्रो त्रैमाससम्ममा एनआईसी एशियाले रू. २ अर्ब ४० करोड र नबिल बैंकले रू.२ अर्ब १८ करोड नाफा कमाएका छन् । पछिल्लो समय उद्योगधन्दा र कलकारखाना कोभिड–१९ का कारण धराशयी हुँदै जाँदा वाणिज्य बैंकहरूको नाफा बढ्दै जानुलाई विज्ञहरू अस्वाभाविक मान्छन् । बैंकहरूको काम व्यापार गरेर नाफा कमाउने भए पनि नेपालको परिपे्रक्ष्यमा व्यापारघाटा बढाउन वाणिज्य बैंकहरूको भूमिका ठूलो रहेको नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले बताए । बैंकरहरूका अनुसार रिटर्न अन इक्विटीका आधारमा बैकहरूको कमाइ निकै कम हो । बैंकहरू पुँजी भारले थिचिएको लगानीकर्ताहरूको भनाइ छ । उत्पादनमा जोड नदिनाले अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने गरेको थापा बताउँछन् । राज्यको उपयुक्त नीति नभएका कारण उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने लघुवित्त र वित्त कम्पनीहरू मासिँदै जाने स्थिति आएको थापाले बताए । सिभिलको नाफा १४८ प्रतिशतले वृद्धि चालू आवको दोस्रो त्रैमाससम्ममा २७ वाणिज्य बैंकमध्ये सबैभन्दा कम नाफा सिभिल बैंक लिमिटेडले गरेको छ । यो बैंकले उक्त अवधिमा रू. ५० करोड ४० लाख नाफा कमाएको छ । सिभिल सबैभन्दा कम नाफा कमाउनेको सूचीमा रहेको भए पनि गत आवको दोस्रो त्रैमाससम्मको तुलनामा नाफामा सुधार गरेको छ । गत आवको दोस्रो त्रैमासिक अवधिको तुलनामा यो बैंकको नाफा १४८ दशमलव ४२ प्रतिशतले वृद्धि भएको छ । गत आवको दोस्रो त्रैमाससम्ममा यो बैंकको नाफा रू.२० करोड २८ लाख थियो । त्यसैगरी नाफा वृद्धि गर्ने दोस्रो स्थानमा सिद्धार्थ बैंक र तेस्रो स्थानमा सेन्चुरी कमर्शियल बैंक रहेका छन् । सिद्धार्थले गत आवको दोस्रो त्रैमाससम्मको तुलनामा चालू आवको दोस्रो त्रैमाससम्ममा ७१ दशमलव ६८ प्रतिशतले नाफा वृद्धि गरेको छ । सेन्चुरी कमर्शियल बैंकले पनि गत आवको दोस्रो त्रैमाससम्मको तुलनामा चालू आवको दोस्रो त्रैमासम्ममा ५४ दशमलव ७७ प्रतिशतले वृद्धि गरेको छ । ६ ओटा वाणिज्य बैंकको नाफा घट्यो चालू आवको दोस्रो त्रैमासम्ममा ६ ओटा वाणिज्य बैंकको नाफा घटेको छ । नाफा घट्नेमा प्राइम कमर्शियल, प्रभु, कुमारी, एभरेष्ट, नेपाल बंगलादेश र सनराइज बैंक रहेका छन् । सबैभन्दा बढी नाफा घट्नेमा कुमारी बैंक लिमिटेड रहेको छ । यो बैंकको नाफा २१ दशमलव ७७ प्रतिशतले घटेको छ । गत आवको दोस्रो त्रैमाससम्ममा यो बैंकले रू. १ अर्ब २१ करोड नाफा कमाएकोमा चालू आवको दोस्रो त्रैमासम्ममा यो बैंकको नाफा घटेर रू. ९५ करोड १७ लाखमा सीमित भएको छ । त्यसैगरी चालू आवको दोस्रो त्रैमाससम्ममा प्राइम कमर्शियल बैंकको ७ दशमलव ४३ प्रतिशत, प्रभु बैंकको १६ दशमलव ९० प्रतिशत, एभरेष्ट बैंकको १२ दशमवल ७९ प्रतिशत, नेपाल बंगलादेश बैंकको १३ दशमलव ८२ प्रतिशत र सनराइज बैंकको २१ दशमवल ४७ प्रतिशतले नाफा घटेको छ ।

सम्बन्धित सामग्री

राष्ट्रिय वाणिज्य बैंकको नाफा दोब्बर वृद्धि

सिमकोट – राष्ट्रिय वाणिज्य बैंक सिमकोट शाखाको नाफा अघिल्लो वर्षभन्दा झण्डै दोब्बर वृद्धि भएको छ। जोखिममा रहेको कर्जालाई बैंकले असुली र नवीकरण गर्न सफल भएपछि नाफा दोब्बर वृद्धि भएको हो। बैंकका प्रबन्धक सविता शाहीका अनुुसार ०७८।७९ मा बैंकले कुल नाफा एक करोड ४६ लाख कमाउन सफल भएको छ। जबकि ०७७।७८ मा उक्त बैंकले नाफा ७६ […]

राष्ट्रिय वाणिज्य बैंकको नाफा ३ अर्ब ७९ करोड

सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आ.व.२०७७/७८ को चौथो त्रैमाससम्ममा ३ अर्ब ७९ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।  गत आ.व. को सोही अवधिमा बैंकको खुद मुनाफा ४ अर्ब ३७ करोड रुपैंया रहेको थियो ।  यस अवधिमा बैंकले कोभिड–१९ बाट प्रभावित ग्राहकहरुलाई प्रचलित ब्याज रकममा १० प्रतिशत छुट दिएको, बैंंकको कर्जा सापटको ब्याजदर उल्लेखनीय रुपमा घटाएको र निक्षेप तर्फ आकर्षक व्याज प्रदान गरिएको कारण खुद व्याज आम्दानीमा कमी आएकोले खुद मुनाफा घट्न गएको छ ।  आ.व. २०७७/७८ को बैंकको ...