कांग्रेस बागमती प्रदेशसभा संसदीय दलको नेतामा लामा विजयी

कांग्रेस बागमती प्रदेशसभा संसदीय दलको नेतामा बहादुर सिंह लामा विजयी भएका छन् । नुवाकोटबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने उनले मकवानपुरका इन्द्र बानियालाई पराजित गरेका हुन् ।बुधबार भएको निर्वाचनमा कांग्रेस प्रदेश सभापति समेत रहेका बानियाले १६ मत पाउँदा लामाले २१ मत पाए ।निर्वाचनमा सबै ३७ जना सांसद नै सहभागी थिए ।  लामा मुख्यमन्त्री बन्नकै लागि प्रतिनिधिसभाबाट प्रदेशमा झरेका थिए ।  यद्यपि गठबन्धनको समीकरण बदलिएपछि कांग्रेसले सरकारको नेतृत्व गर्न सक्ने सम्भावना भने कम छ ।