उद्यमी विनोद चौधरीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। उनले समावेशी समूहबाट उपसभापतिमा प्रतिस्पर्धा गर्न उम्मेदवारी दिएका हुन्। नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मंगलबार मनोनयन दर्ता भइरहेका बेला चौधरीले उम्मेदवारी दिएका छन्। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण तथा दर्ताको काम अघि बढाएको छ। […]
जेनजी आन्दोलनको प्रारम्भिक उद्देश्य स्थापित शक्तिलाई झकझकाउने र सुधारका लागि दबाब दिने भएपनि आन्दोलन अघि बढ्दै जाँदा पुराना राजनीतिक शक्तिलाई विस्थापित गर्ने अवस्थासम्म पुगेको उनले बताए।
काठमाडौँ, २० असोज । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग विश्व वन्यजन्तु कोष अमेरिकाका प्रतिनिधि र नेपालका प्रतिनिधिबीच आज मन्त्रालयमा छलफल गरिएको छ । मन्त्रालयमा आज भएको भेटघाट तथा छलफलमा नेपालको पछिल्लो बाढी तथा विपद्, पुनर्निर्माण, जैविक विविधता संरक्षण, जलवायु उत्थानशीलता, वन तथा वन्यजन्तु व्यवस्थापन र आगामी सहकार्यका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। उक्त अवसरमा […]
काठमाडाैँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पाैडेलले महामन्त्री पदमै उम्मेदवारी दर्ता गराएका छन्। १५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले मंगलबार खुला समूहबाट महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन्। उनी विशेष महाधिवेशनबाट पनि महामन्त्री चयन भएका थिए ।
२० असोज, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेलले उम्मेदवार दिएका छन् । मंगलबार दिउँसो उनले पुन: महामन्त्रीमा दोहोरिने आकांक्षासहित उम्मेदवारी दर्ता गरेका हुन् ।
उनी पुसमा सम्पन्न विशेष महाधिवेशनबाट पहिलो पटक महामन्त्री पदमा चुनिएका …
काठमाडौँ । काठमाडौँ उपत्यकाको विद्युत् आपूर्ति प्रणाली सुदृढ बनाउन निर्माण गरिएको मातातीर्थ-चोभार १३२ केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ। करिब ६ किलोमिटर लामो उक्त लाइन शुक्रबारदेखि चार्ज गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ। थानकोट-चापागाउँ-भक्तपुर १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मातातीर्थ सबस्टेसनदेखि चोभार सबस्टेसनसम्म लाइन निर्माण गरिएको हो। लाइन चार्ज भएसँगै मातातीर्थबाट चोभारसम्म १३२ […]