घोराही-होलेरी सडक अवरुद्ध

१८ साउन, दाङ । वर्षाका कारण पहिरो खसेपछि घोराही-होलेरी सडकखण्ड अवरुद्ध भएको छ । लगातारको वर्षातका कारण सडकमा पहिरो खसेपछि  घोराही-होलेरी सडकखण्ड अवरुद्ध बनेको हो । शहीदमार्ग अन्तर्गत घोराही उपमहानगरपालिका-१९ स्थित दुईखोलीमा पहिरो खसेपछि सवारी आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। पहिरो खसेपछि बिहान पाँच बजेदेखि सडक अवरुद्ध भएको हो । […]

सम्बन्धित सामग्री

पहिरोले घोराही–होलेरी सडक अवरुद्ध

पहिरो खस्दा शुक्रबार बिहानदेखि घोराही–होलेरी सडकखण्ड अवरुद्ध भएको छ । घोराही उपमहानगरपालिका–१३ काभ्रेमा माथिबाट खसेको पहिरोले सडक थुनिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।

पहिराे खसेपछि घोराही–होलेरी सडक खण्ड अवरुद्ध

दाङ – दाङको घोराहीबाट रोल्पाको होलेरी जोड्ने सडक अवरुद्ध भएको छ। लगातार पानी परिरहेका कारण पहाडबाट खसेको पहिरोले सडक अवरुद्ध गरेको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए। बिहान साढे ७ बजे तिर घोराही उपमहानगरपालिका–१३ काभ्रेमा पहिरो खसेको हो। अहिले पहिरो हटाउन सुरक्षाकर्मी परिचालन गरिएको छ। अविरल वर्षाका कारण दाङबाट छिमेकी जिल्ला जोड्ने सडकमा […]

पहिरोले रोल्पा र सल्यान जाने सडक अवरुद्ध

अविरल वर्षाका कारण पहिरो जाँदा मंगलबार दाङबाट रोल्पा र सल्यान जाने सडक अवरुद्ध भएका छन् । घोराही–होलेरी सडक खण्ड अन्तर्गत घोराही उपमहानगरपालिका–१३ काभ्रेमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।