माइतीघर मण्डला : बाह्रमासै ‘धर्ना हब’

माइतीघर मण्डलासँगै जोडिएको छ, थापाथली इन्जिनियरिङ क्याम्पस ।सोही क्याम्पसमा अध्ययनरत विष्णु मुलपति यहाँ दिनहुँ हुने आन्दोलन तथा प्रदर्शनले राम्रोसंँग पढ्ने वातावरण नभएको  गुनासो गर्छन् । ‘आन्दोलनकारीहरुको माइकिङले होहल्ला हुन्छ । यसले पढाइमा डिस्टर्ब हुन्छ,’ उनी भन्छन्, ‘आन्दोलनले यहाँ सधैंजसो जाम हुन्छ । जामले विद्यार्थीहरू तथा अन्य सर्वसाधारणलाईपनि समस्या छ ।” माइतीघरमा दैनिकजसो विभिन्न माग राखेर नारा,जुलुस, धर्नादेखि आन्दोलन गर्नेहरुको भीडभाड हुन्छ । सरकारले

सम्बन्धित सामग्री

प्रदर्शनको नाममा प्रदूषित बन्दै माइतीघर, जिम्मेवारीबाट पन्छिँदै प्रशासन र महानगर

काठमाडौं : विरोधको प्रमुख प्रदर्शनस्थल बन्दै गएको राजधानीको माइतीघर मण्डला यतिबेला दुर्गन्धित बन्न थालेको छ।बेला बखतमा विरोध प्रदर्शन हुने माइतीघर मण्डलामा पछिल्लो समय दिनरात नभनी नियमित विरोध प्रदर्शन गर्ने विभिन्न समूह र प्रदर्शनकारीको संख्या बढेसँगै दुर्गन्धित बन्न थालेको हो। काठमाडौं उपत्यकाको मुटुको रूपमा रहेको माइतीघर मण्डला झट्ट हेर्दा भीडभाड त सधैं देखिन्छ नै, बढ्दो भीडले माइतीघरलाई कुरूप र प्रदूषित पनि बनाइरहेको छ।हप्तौं दिनसम्म प्रदर्शनको नाममा २४सै घण्टा माइतीघरमा

प्रदर्शनका नाममा कुरूप बन्दै माइतीघर मण्डला (तस्वीरहरू)

काठमाडौं : माइतीघर मण्डला नाम नसुन्ने सायदै कोही छैनन् होला। प्रायः हरेक दिन केही न केही माग राखेर यहाँ प्रदर्शन, आन्दोलन तथा धर्ना दिनेको भिड देखिन्छ।पहिले पहिले दिनमा मात्र प्रदर्शन गर्न दिइन्थ्यो। केही महिनाअघि महावीर पुनले रात नै माइतीघरमै बिताएर प्रदर्शन गरेसँगै अहिले माइतीघरमा अड्डा नै जमाएर प्रदर्शनमा उत्रिनेको संख्या बढ्दो छ। अहिले यहाँ विभिन्न माग राखी पाल नै टाँगेर बसेको समूह पाँचभन्दा बढी छ।प्रदर्शनकारीहरू विहान बेलुकीको खाना खाजा त्यहीँ खान्छन् अनि त्यहीँ सुत

माइतीघर मण्डला पुगे गृहमन्त्री लामिछाने, धर्ना स्थगित गर्न आग्रह

।उपप्रधान एबं गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मीका लागि न्याय माग्दै धर्नामा बसिरहेका रुबी खानलगायत अधिकारकर्मीहरूलाई धर्ना स्थगित गरेर घर फर्कन आग्रह गरेका छन्।

धर्नास्थल माइतीघर मण्डला जाँदै गृहमन्त्री लामिछाने

काठमाडौँ। उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने आन्दोलनमा रहेकी रूबी खानलाई भेट्न माइतीघर जाँदैछन्। निर्मला कुर्मीको न्यायका लागि आन्दोलनमा रहेकी रूबी खानलाई भेट्न गृहमन्त्री लामिछाने माइतीघर मण्डला जान लागेको सचिवालयले जनाएको छ। रूबी खान लगायतले काठमाडौंमा आन्दोलन गरेको शनिबार १७ औं दिन पुगेको छ। उनीहरूले लालटिन बालेर कलंकीबाट जुलुससहित माइतीघरमा पुगेका हुन्। उनीहरूले विधवा महिला […]

धर्नास्थल माइतीघर मण्डला जाँदै गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माइतीघर मण्डलामा भइरहेको धर्नास्थलमा जाँदैछन । बाँकेकी निर्मला कुर्मी बेपत्ता र नन्कुन्नी धोबीको हत्यारालाई कारवाहीको माग गर्दै माइतिघर मण्डलामा धर्नामा बसेकी अधिकारकर्मी रुवी खान लगायतलाई भेटन गृहमन्त्री लामिछाने

यति गर्न सके सहजै हट्छ उपत्यकाको ट्राफिक जाम

‘वान वे’ प्रणाली बदल्न सके केशरमहल, सिंहदरबार, माइतीघर मण्डला, थापाथली र त्रिपुरेश्वर चोकका ट्राफिक जाम एकैपटकमा ‘सामसुम’ हुन्छ काठमाडौं उपत्यकाभित्र सबैभन्दा धेरै ट्राफिक जाम हुने चोक केशरमहल, सिंहदरबार, माइतीघर मण्डला, थापाथली...

विरोधको बिम्ब माइतीघर मण्डला

न्याय खोज्नेहरूको ‘जक्सन’ बन्दै माइतीघर, ६ वर्षमा ३४२७ विरोध र धर्ना लन्डनको हाइडपार्कस्थित ‘स्पिकर कर्नर’ जस्तै बन्दै माइतीघर मण्डला सात लाख ऋणको ३५ लाख ५० हजार चुक्ता गरिसक्दा पनि गाउँका खुँखार साहुकार...

केशव स्थापितः जसले १७ दिनमा २२ वटा घर भत्काएर बनाएका थिए ‘माइतीघर मण्डला’

नेकपा एमालेले काठमाडौँ महानगरपालिकाको मेयरमा शनिबार अवेर गरी केशव स्थापितलाई उम्मेदवार बनायो । शनिबार साँझ ६ बजेबाट सुरु भएको एमाले सचिवालय बैठकले मेयरमा स्थापित र उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनायो । स्थापित काठमाडौँ महानगरपालिकाका पूर्वमेयर हुन् । २०५४ सालमा उनी काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । त्यतिबेला पनि नेकपा एमालेका तर्फबाट निर्वाचित भएका स्थापितले ‘मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौँ’ भन्ने नारा ल्याए ।‘माइतीघर मण्डला’को निर्माता समेत रहेका स्थापित काठमाडौँका जनताको नजरमा विकासवादी नेताका रुपमा चिनिन्छन् । २०५५/०५६ सालअघि अहिले माइतीघर मण्डला भएको ठाउँमा अतिक्रमण गरेर टहरा बनाईएका थिए । त्यहाँ ब्यापार हुन्थ्यो । तर, स्थापितले मेयरमा निर्वाचित भएपछि ती घर हटाएर मण्डला बनाउने घोषणा गरेँ । उनको घोषणालाई त्यतिबेला धेरैले पत्याएका थिएनन् । अवरोध पनि उत्तिकै भयो । तर, वरोधकै बीच १७ दिनमा स्थापित आफैँ खटेर २२ वटा घर भत्काएर मण्डला बनाए ।माइतीघर मण्डला अहिले राजनीतिक पार्टीका प्रदर्शन, अनशन बस्ने थलो, विरोध सभा गर्ने ठाउँ, देशभक्ति देखाउने स्थल बनेको छ ।यति मात्रै होइन, न्यायका लागि लडाई लड्ने थलो पनि माइतीघर मण्डल बनेको छ । उखुको पैसा नपाएका कृषकहरुको आवाज माइतीघर आएपछि मात्रै सरकारले सुनेको थियो । टोपी दिवसदेखि राष्ट्रिय भावनाका कार्यक्रमहरु हुने स्थल पनि माइतीघर नै हो । अहिलेको शान्तिवाटिकामा त्यतिबेला पनि पुराना घर थिए । स्थापित आएपछि ती घरहरु हटाए । अतिक्रमणले कुरूप भइसकेको रत्नपार्कलाई व्यवस्थित बनाउने काम पनि स्थापितकै पालामा भयो । तीनकुनेमा पार्क बनाउने पनि उनकै योजना हो । तर, यो योजना अहिलेसम्म पूरा हुन सकेको छैन ।बागमती कोरिडोरसहित काठमाडौँका नदी किनाराका कोरिडोर पनि स्थापितले नै सुरु गरेका योजना हुन् ।

माइतीघर क्षेत्र जलमग्न

काठमाडौँ– राजधानीको माइतीघर मण्डला शनिबार अपराह्न जलमग्न भएको छ। वर्षाका कारण माइतीघर मण्डला क्षेत्र जलमग्न भएको हो। ढल फुटेका कारण उक्त अवस्था आएको स्थानीयले बताए। एक्कासी ठूलो पानी परेपछि जमेको पानी निकास नहुँदा उक्त क्षेत्र तालमा परिणत भएको थियो। यसका कारण  केहीबेर सवारीसाधनको आवागमनमा समेत कठिनाइ भएको थियो। पैदल यात्रुलाई बाटो वारपार गर्न पनि समस्या भएको […]

कैलालीबाट काठमाडौं आएर राजनीतिले गरेको फोहोर सफा गर्दै केपी खनाल [फोटोफिचर]

सामाजिक युवा अभियान्ता केपी खनाल संघीय राजधानीको माइतीघर मण्डला लगायत क्षेत्र सफा गर्न कैलालीबाट काठमाडौं आएका छन् । गृहजिल्ला कैलालीमा सरसफाइ र गरीबलाई सहयोग अभियान चलाउँदै आएका खनालले काठमाडौं आएर शनिवार माइतीघर मण्डला, बबरमहल, नयाँ बानेश्वर क्षेत्रमा सरसफाइ गरेका छन् । ‘राजनीतिक आन्दोलनले राजधानी फोहोर भएको थियो, हाम्रो अभियानले सफा गरेको छ, साथीहरूले सहयोग गरेका छन्,’ अभियान्ता खनालले लोकान्तरसँग भने । मैनादेवी फाउन्डेसनको आयोजनामा भएको ‘क्लिन काष्ठमण्डप अभियान’ले केही दिनदेखि...