महँगी र डेँङ्गु  नियन्त्रणका लागि सांसदको ध्यानाकर्षण

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले चाडपर्व नजिकिएका बेला भएको महँगी र बढ्दो डेँङ्गु सङ्क्रमण नियन्त्रणका लागि विशेष पहल गर्न सरकारसँग माग गरिएको छ । सांसदहरूले मुलुकका ७२ जिल्लामा डेँङ्गुको सङ्क्रमण देखिएको तर सरकार गम्भीर नभएकामा चिन्ता व्यक्त गर्दै आवश्यक पहलका लागि माग गरेका हुन्। सांसद मीनाकुमारी श्रेष्ठले डेँङ्गुको रोकथाम र नियन्त्रणका  लागि पहल […]

सम्बन्धित सामग्री

टिकटकिया राष्ट्रवाद

सरकारले टिकटक भन्ने चिनिया एपलाई ड्याम्मै बन्द के गद्र्याथ्यो ठीकठाकसँग चलिरहेको देश अकस्मात् ठ्याक्कै दुई भागमा विभाजित भयो । कोही भन्छन्– सरकार उल्टो बाटो हिँड्यो, कोही भन्छन्– बल्ल सुल्टो हिँड्न खोजेको छ । कोही भन्छन्– सरकारले अभिव्यक्ति स्वतन्त्रता हनन गर्‍यो त कोही भन्छन्– टिकटकले गर्दा समाजमा विकृति मौलाएकाले ठोकेर ठीक गर्‍यो । कोही भन्छन्– प्रतिगमन भो, कोही अग्रगमन । कोही भन्छन्– सरकारले अमेरिका र भारतको कुरा सुन्योे, अब चीन रिसाउँछ । यसले राष्ट्र कमजोर बनाउँछ । जे होस्, यो टिकटकिया राष्ट्रवाद केही समय त राम्रै टिक्ने देखिन्छ । हाम्रो व्यवहार र व्यापार साँच्चै अनलाइन अर्थात् डिजिटल भैसक्या बेलामा सरकारले यसरी टिकटक झ्याप्पै बन्द चाहिँ गर्न हुन्नथ्यो रे । विकृति मौलाए पनि सके नियमन, नसके अनुगमन, त्यो पनि नसके मात्रै बिस्तारै बिस्तारै बन्द गर्‍या भे चैं हुन्थ्यो रे । देश कति धेरै डिजिटल र टिकटकमय भैसकेछ भने सुन, चाँदी, हीरा, मोतीसम्म पाइने सुपरमार्केट र मलहरूमा जुम्लाको स्याउदेखि हुम्लाको हुक्कासम्म, सिन्धुलीको जुनारदेखि सिलगुडीको सुनारसम्मले टिकटकबाट अपारको व्यापार गरिरा रछन् । हुन पनि अब शोरुम सजाएर, जागीरे जोताएर र लगानी जुटाएर किन पो व्यापार गर्नु ? अल्छी ग्राहकलाई बल्छी हान्न छाडेर को टन्टा बोकोस् । सबैलाई अनलाइनमै खरीद गर्नु छ । खरीददारहरू सबै चिसो एसी चालू गरेर डबल बेडमा घुरिरहेका छन् वा भित्तामा अड्याइएका मोबाइलमै टिकटक हेर्न मस्त छन् । अनि पैसा धेरै लगानी गरेर कानूनी बाटो रोज्ने चाहिँ त्रस्त छन् । तर अहिले सुकेका नरिवल र फुकेका नेता दुवैको भाउ बढिरहेको छ । अफसिजनमा यस्तै हुन्छ । नेता सधैं नरिवलको तुलनामा ज्यादा बिकाउ हुने गरेका छन् । अमला र अम्बा कडा छन् । यतिबेला नेताहरू बेचिनका लागि हरेक चौबाटोमा खडा छन् । सारा सामान अनलाइनमा बिकिरहेका छन् । नेताजी भने अनलाइन, अफलाइन, बेलाइन अनेक प्रकारले बिकि नै रहेका छन् । मन्त्री, प्रधानमन्त्रीको म्युजिकल चेयर प्रतियोगिता त अहिले छैन । तर नेताहरूको सत्ताको अंशबण्डा अफेयर भने चलिरहेकै छ । युवा जति खाडीमा छन् त सीधै कुरा हो बुढाजति देश हाँक्ने गाडीमा छन् । थुप्रै महिला चुनावै नलडे पनि सांसदको कोट र साडीमा छन् । अहिले त कालाबजारी, गुण्डादेखि गल्लीको भिखारी पनि आफ्नो बोरामा एक–दुई नेताहरू लिएर विक्रीका लागि सडकमा उभिएका छन् । सँगै एकजना सेल्सम्यान अर्थात् विक्री प्रतिनिधि देखिन्छ, जो आफ्नो बोराभित्र चम्किलो खोल भएको प्याकेटमा रहेको सामान कुनै अनलाइन खरीदकर्ताको घरमा डेलिभरी दिइरहेको छ ।  यतिबेला नेताहरू बेचिनका लागि हरेक चौबाटोमा खडा छन् । सारा सामान अनलाइनमा बिकिरहेका छन् । नेताजी भने अनलाइन, अफलाइन, बेलाइन अनेक प्रकारले बिकि नै रहेका छन् । काठमाडौंदेखि पोखरासम्म, सिन्धुलीदेखि चितवनसम्म, बुटवलदेखि धनगढीसम्म सबै अनलाइन भएका छन् । बरमझिया वा भैरहवाको पेडादेखि बेलायतको मदिरासम्म । चीनको मोबाइलदेखि अमेरिकाको किताबसम्म । डिस्काउन्ड अफर, रिफरल मार्केटिङ, अफिसियल मार्केटिङ र सेल । हाकिम, नेता र जालझेल । सरकारी योजना सबै फेल । सबै बिकिरहेका छन् अनलाइनमा ह्वारह्वार ! मनलाइनलाई अनलाइन समाचार बनाएर कमाउने लाइन पनि चलेकै छन् ।  जसरी कुनै मन्त्री बिक्छ कुनै रिसोर्टमा, मुख्यमन्त्रीको लोभमा । दशैं दिशामा अनलाइनको बबण्डर आफ्नो गतिमा सबैलाई दपेटिरहेको छ, लपेटिरहेको छ । प्रत्येक प्रदेश, महानगर, नगर, गाउँपालिका र वडाहरूमा नेता हाकिम अनलाइन बिक्नका लागि ननलाइनको डोजरसँगै तम्तयार खडा छन् । मेयरदेखि शेयर बजारमा शेयर खरीद विक्री गर्नेहरू समेत टिकटक लगायतका सामाजिक सञ्जालमा महँगी र अस्तव्यस्तताका कविता फुराइरहेका छन् । धर्को तानेर शेयर बजारको भविष्यवाणी गर्नेको बोली पनि बिकेकै छ । हिजोआज केही वर्षमै अनलाइनमा यति कवि र अर्थशास्त्री जन्मिएका छन् कि त्यति त असार साउनमा भ्यागुता पनि हुन्नन् । यता भ्यागुताहरूले कविसँग तुलना गरेकोमा खेद व्यक्त गरिसकेका छन् । तर जति अनलाइन अनलाइन भनेर कुर्लिए पनि अझै युवाहरू विदेशमा जागीर वा कलेजका लागि अनलाइन फारम भरेर पासपोर्ट लिने लाइनमा छन् । बडो गज्जपको दृश्य छ देशैभरि । टिकटके र फेसबुके अफेयर, झगडा, लफडा, सम्मेलन सबै थोक भइरहेको छ । अनलाइन प्रेम भयो । अहिले अनलाइनमै मन्त्रोच्चारणसहित विवाहको कर्म पनि सम्पन्न हुन थालेको छ । आशीर्वाद पनि ई–पेमेन्टबाटै । तुरुन्त धन्यवादको जवाफको श्रव्यदृश्य । बाथरुमको सिटमै बसी बसी आफूलाई मन परेको भोजन अर्डर पनि दिन पाइने भएपछि के चाहियो ? मेनु नै मेनु । बस्, तपाईं क्लिक गर्नुस्, टच गर्नुस् अर्थात् बटन थिचिरहनुस् आफ्नो मोबाइलमा, बाँकी काम अनलाइनवालाले गर्दिहाल्छ । मोडर्न प्लेटफर्म । केही समयपछि नै तपाईंको घरअघि बाइक–गाडीवालाहरू तपाईंको अर्डर डेलिभरी गर्न घुमिरहेका हुनेछन् । अब त निकट भविष्यमै तपाईंको छतमा ड्रोनले सामान झारिरहेका दृश्य सामान्य हुनेछ । तपाईंले आफ्नो बाथरुममै बसी–बसी छतमा उडिरहेका ड्रोनलाई आफ्नो ओटीपी पासवर्ड भन्नुपर्ने हुन्छ । चाहनुभयो भने ओटीपी नुहाउँदा नुहाउँदै वा पलंगमा पल्टिरहेकै अवस्थामा पनि बताउन सक्नुहुन्छ । अनि विवाहको भोज पनि तपाईंकोमा हाजिर भइसक्छ । अनि यसरी अनलाइन विवाह सम्पन्न हुन्छ । यस्तो डिजिटल माहौलमा सरकारले यसरी हठात् टिकटक बन्द गर्न कसरी सकेको होला हँ ? नयाँ दलहरूले टिकटकबाट बल गरेर भोट बटुल्छन् भनेर डराएको कि अमेरिका र भारतले भनेर होश हराको ? खैर अहिले भने अनलाइन डेलिभरीवाला आइपुगे जस्तो छ । धेरै समयदेखि श्रीमतीजीले नेपाली किवी, एभोकाडो र ज्याकफ्रुट फर्माइस गरिरहेकी थिइन् । श्रीमतीलाई खुशी पार्ने योभन्दा उचित अवसर अरू कुनै हुन सक्ला र ? तर मलाई भने एउटा गहिरो चिन्ताले भित्रभित्रै सताइरहेको छ । टिकटक, भाइबर, ट्वीटर (एक्स), मेसेन्जर, लिन्क्डइन, ह्वाट्सएप, फेसबुक, इन्स्टाग्राम, डिस्कर्ड, स्काईप, टेलिग्राम, ईमेल, जीमेल के को मात्र जवाफ दिएर बसुँ ? चार दिनको जिन्दगी छ । तर दुई–दिन टेलिभिजनले लियो, दुई–दिन इन्टरनेटमा टिकटक सिकटकले वा फेसबुकले लिइरहेछ । टिकटक सदाका लागि बन्दै भएछ भने पनि अर्को कुनै पिकटक, बिगटक, बकबक, कचकच वा त्यस्तै केही नयाँ एप आउँछ नै होला । अनि हामीजस्ता मनुवालाई सताउँछ नै होला । अनि बाँच्ने चैं कहिले ? मादलको तालमा नाच्ने चैं कहिले ? त्यसरी सोच्दा चंै एक मनले भन्छ, सरकारले जुन कारणले टिकटक बन्द गरे पनि कमसेकम एउटा झण्झटबाट अहिलेलाई मुक्ति मिलेको छ । भोको पेटमा एउटा खोक्रो अभिव्यक्ति स्वतन्त्रताबाट र टिकटके राष्ट्रवादको गर्मीबाट छुट्टी मिलेको छ । तपाईंलाई चैं कस्तो लागेको छ कुन्नि ?

सांसदको प्रश्न– गरिबको दशैं कसरी टर्छ ?

काठमाडौं । सांसदहरूले चाडपर्व समय नजिकिँदै जाँदा बजारमा बढ्दो महँगी र कालोबजारीलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।  प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले बजारमा खाद्य तथा गैरखाद्य वस्तुमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।     सांसद रघुजी पन्तले बजारमा व्याप्त महँगी नियन्त्रणका लागि माग गरे । ‘गरिबको दशैं यसपालि कसरी टर्छ ?’ उनले भने, ‘खल्तीमा तलब हालेर हिँड्यो बजार, चामलको बोराले नाघ्यो तीन हजार, रहर दाल किलोको दुई सय ५०, बजार भाउ सुन्दा गुम्छ होसहवास ।’  सांसद भगवती चौधरीले चाडपर्वमा कालोबजारी र महँगीको अनुगमन र मूल्यांकन तदारुकता गर्न ध्यानाकर्षण गराए । उनले मिटरब्याज पीडितका लागि न्याय सम्पादनमा समेत सरकारको ध्यानाकर्षण गराए ।   सांसद माधव सापकोटाले सांस्कृतिक पर्वहरू नजिकिँदै गर्दा बजार अनुगमनलाई चुस्त बनाउन माग गरे । उनले बाढीपहिरोले बिग्रेको सडकको विस्तार मर्मतसम्भार गर्न तीनै तहका सरकारको ध्यानाकर्षण गराए । उनले निर्माण व्यवसायीलाई बाँकी रहेको भुक्तानी तत्काल गर्न सरकारसँग माग गरे ।   सांसद रामहरि खतिवडाले चाडपर्वका समयमा सुरक्षित यात्राका लागि सडक मर्मतसम्भार गर्न सरकारको ध्यानाकर्षण गराए । उनले धार्मिक र सामुदायिक सद्भावलाई कायम गर्न अनुरोध गर्दै पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणको अनुसन्धानलाई तीव्र गतिमा अघि बढाउन माग गरे ।   सांसद मेनका पोखरेलले महँगी नियन्त्रणका लागि आग्रह गर्दै विभिन्न बहानामा विश्वविद्यालय बन्द गर्न नहुने बताए । सांसदहरू मैना कार्की, लेखनाथ दाहाल र रञ्जुकुमारी झाले बजार अनुगमनसँगै सुरक्षित, सहज र सस्तो यात्राको व्यवस्था गर्नसमेत माग गरे । रासस

सांसदको प्रश्न: अत्याधिक मूल्य बढाएर चुनाव खर्च त उठाउन खोजिएको हैन?

प्रदेश सभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै सांसद अम्बिका थापाले डिजेल, पेट्रोललगायतका इन्धनमा उच्च दरले मूल्य वृद्धि हुँदा चौतर्फ प्रभाव पारेकाले तत्काल महँगी घटाउन माग गरेकी हुन्।...

मूल्यवृद्धि नियन्त्रण गरेर जनतालाई राहत दिन सांसदको माग

काठमाडौँ,२० जेठ । सांसदले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको मारमा परेका जनतालाई राहत दिन प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सांसदले पेट्रोलियम पदार्थको मूल्य तत्काल समायोजन गरी खाद्यान्यलगायत सामग्रीमा भइरहेको महँगी नियन्त्रणमा विशेष चासो दिन आग्रह गरे । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले युक्रेन र […]

मूल्यवृद्धि नियन्त्रण गरेर जनतालाई राहत दिन सांसदको माग

काठमाडौं-  सांसदले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको मारमा परेका जनतालाई राहत दिन प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सांसदले पेट्रोलियम पदार्थको मूल्य तत्काल समायोजन गरी खाद्यान्यलगायत सामग्रीमा भइरहेको महँगी नियन्त्रणमा विशेष चासो दिन आग्रह गरेका हुन् । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले युक्रेन र रसियाको […]

सोच बदलौं

पेट्रोलियमको भाउ बढ्या बढ्यै छ । यो एक वर्षमा १९ पटक भाउ बढेछ । चतुर शासक तिनै हुँदा रहेछन्, जो जनतालाई आधारभूत कुराका लागि पनि तड्पाई राख्न सफल हुँदा रहेछन् । त्यसो गर्दा उनीहरूको भोटको आधारस्तम्भ बलियो हुँदो रहेछ । शहरका सडक खण्डहर जस्ता छन् भने त्यसमा यात्रा गर्नुलाई एड्भेञ्चर मानौं । जागीर पाइएको छैन भने सरकारले हाम्रो धैर्यको परीक्षा लिइरहेको ठानौं । न्यायालयमा न्याय पाउन रोकिएको छ भने क्रान्तिको शुरुआत भइरहेको सोचौं । अरू देशमा अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेकोले पेट्रोलियमको भाउ बढ्छ । हाम्रो देशमा भने तेलमा नेता र कर्मचारीको कमाउने दाउका कारण भाउ बढ्छ । अरू देशमा बढेको भाउ घट्छ पनि । तर नेपालमा भाउ एकपटक उकालो लागेपछि ओर्लन मान्दै मान्दैन । पेट्रोलियमको भाउ बढेपछि यसले यातायातमा र त्यसको प्रभावले सबै क्षेत्रमा महँगी त बढाउने नै भयो । लोभको सीमा छैन । महँगीको बीमा छैन । फेरि यो हिजोआज मात्र थालिएको खेल होइन । यो दशकौंदेखि चलिरहेको झेल हो । त्यसैले यदि तपाईं हामीले यो परिस्थिति बदल्न सक्तैनौं भने आउनोस् मनस्थिति नै बदलौं, अर्थात् यै कुरालाई अर्को कोणबाट हेरौं । महँगी बढेन भने के हुन्छ ? महँगी बढेन भने त जुन कामका लागि सरकार बनाएको हो, त्यो पूरा हुँदैन नि त ! त्यसैले सरकारले महँगी बढायो भन्नुको मतलव सरकार विकासप्रति प्रतिबद्ध छ भन्ने हो । अर्थशास्त्रले मूल्यवृद्धि हुनुलाई अर्थतन्त्रको विस्तारको द्योतक मान्छ क्यारे ! त्यसैले त भनेको सरकार राष्ट्रहितमा लाग्या लाग्यै छ । त्यै भएर पेट्रोलियमको भाउ बढाको बढाई गर्छ । किनकि ऊ चाहन्छ, मानिसहरू पैदलै हिँडून् । तपाईंलाई थाहै छ पैदल हिँड्नुका फाइदाहरू । भनिन्छ पेट र पेट्रोलियम बढ्यो भने कि पैदल हिँड्नु, कि साइकल चलाउनु, दुवै फाइदाजनक हुन्छन् । यूरोपका मानिसले गाडी छाडेर साइकल चढ्न थालेका छन् । हामी पनि विकसित बन्न त्यसकै नक्कल गर्न परेन ? सरकारले आफ्नो मूल्य घटाएरै भए पनि थुप्रै कुराहरूको भाउ बढाइदिएको छ । उदाहरणका लागि, केही समयअघि मात्र सरकारले गाडीमा हाल्ने तेलको मात्र हैन, पेटमा हाल्ने तेल अर्थात् खाने तेलको पनि भाउ ह्वात्तै बढाउने अनुमति द्या थ्यो । यो मान्छेले तेल कम प्रयोग गरून् भनेरै हो । तेल कम खानुको फाइदा सबैलाई थाहै छ । अब जनता तेल धेरै खाएर कोलेस्टेरोल बढेका कारण हृदयाघातबाट मर्ने छैनन् । मानिसहरू सडक दुर्घटनाबाट र भोक र झोँकबाट मर्न सक्छन् । तर हृदयरोगका कारण चैं मर्नै पाउन्नन् । त्यसैले डार्बिनको सिद्धान्त लागू गरौं, अर्थात् यति बढ्दो महँगीमा जो टिक्न सक्छ, उही नै बाँच्छ भन्ने कुरा बुझौं । फेरि यो महँगी, बेरोजगारी भन्ने नै बेमतलवका कुरा हुन् । पढाइ लेखाइ टाइम पासका लागि गरिने कुरा हुन् । लकडाउनमा त्यत्रा शैक्षिक संस्था बन्द भए । त्यसले कसैलाई केही फरक पर्‍यो ? परेन नि । फरक परेको भए त देखिनुपर्ने हो । खाने तेलको मूल्य एकैचोटि १६० बाट २८० रुपैयाँ पुग्दा कोही बोल्दैनन् । विद्यार्थी संगठनहरू पनि शिक्षाको गुणस्तर, विद्यार्थीलाई के पढाउने वा रोजगारी कसरी बढाउने विषयमा बोल्दैनन् । तर पेट्रोलियममा २/४ रुपियाँ बढ्दा सडकमा टाएर बाल्छन् । के नमिलेको नमिलेको क्या ! त्यसैले, यो जागीर खाने, विदेश जाने, देशको विकास हुने वा नहुने यी सबै भाग्यका कुरा हुन् । भाग्यमा भए काम बन्छ, नभए बन्दैन । भाग्यमा भए जागीर पाइन्छ, नभए पाइँदैन । हुन पनि खाली हात आएको हो, खाली हात नै जाने पनि हो । जिन्दगीको मजा त त्यहाँ छ, जहाँ बाँचिन्छ पनि खाली हात नै, हामी प्रायः नेपालीले खाली हात बाँचेजसरी । यस्ता कुरा विदेशीहरूलाई के था ? विदेशीहरूले यस्ता कुरा बुझ्दै बुझ्दैनन् । त्यसैले उनीहरूको देशमा र हाम्रोमा धेरै कुरा उल्टोपाल्टो जस्तो लाग्छ । उनीहरू स्वास्थ्य र शिक्षालाई समृद्धिको मूल आधार मानेर काम गर्छन् । हाम्रो ठीक उल्टो । किनकि, उनीहरूकोमा शिक्षा र स्वास्थ्य सेवा हो, हाम्रोमा व्यापार । हाम्रोमा चैं यस्तो किन त भनेर नसोध्नुहोला । किनकि तपैंलाई थाहै छ हाम्रो यहाँका मान्छेका सोच नै फरक, नीति र राजनीति नै फरक । नेताहरू आफूलाई भगवान् र जनतालाई भक्त सम्झेर व्यवहार गर्छन् । राजनीति र डकैतीमा केवल चुनावी आवरण मात्र बाँकी रहेको छ । त्यसो त समाजमा पनि मन्त्री र सांसदभन्दा त डाँकाहरूकै इज्जत बढी होला । केवल एउटा कुरा फरक परेका कारण मात्र डाँकाहरू अलि पछि छन् कि भन्ने देखिएको हो । त्यो के भने डाँकासँग सांसदको लोगो र संसद् भवन छिर्ने पास हुँदैन । त्यसका लागि चुनाव त लड्नैपर्छ । त्यत्ति हो । त्यसैले आउनोस्, सोच बदलौं । सरकारले जे जे भन्छ, त्यसैमा विश्वास गरेर चलौं । सरकारी निकायहरूको काममा पनि विश्वास गरौं । उनीहरूले दिने तथ्यांकलाई मिथ्यांक नठानौं । शहरका सडक खण्डहर जस्ता छन् भने त्यसमा यात्रा गर्नुलाई एड्भेञ्चर मानौं । जागीर पाइएको छैन भने सरकारले हाम्रो धैर्यको परीक्षा लिइरहेको ठानौं । न्यायालयमा न्याय पाउन रोकिएको छ भने क्रान्तिको शुरुआत भइरहेको सोचौं । सवारी लाइसेन्स वर्षौं बित्दा पनि पाइएको छैन भने सरकार सडक दुर्घटना कम गराउन लागिपरेको छ भनेर बुझौं । सरकारले विकासका लागि खर्च गरेन नभनौं, पैसा बचत गरेको छ भनौं । सरकारले ढिलासुस्ती गर्‍यो नभनौं, जनतालाई हतार नगर्न सिकाएको हो भनौं । धारामा खानेपानी आइरहेको छैन भने विकल्पमा फेरि ट्यांकर वा जारको पानी नै रोजौं । शैक्षिक संस्थामा पढाइ भइरहेको छैन भने युट्युब हेरेरै डिग्री हासिल गरौं । स्वास्थ्य बिग्रियो, अस्पताल जान पैसा छैन भने झारपात, बेसारपानी खाएर वा धामीकहाँ धाएर रोक निको पारौं । यसरी सोच्न थाले जीवन जीउन अलि सजिलो होला कि त ? फूलको आँखामा फूलै संसार भन्छन् नि, त्यस्तै । फेरि गीतामा भनेजस्तै, कर्ममा मात्र हाम्रो अधिकार छ, फलमा छैन क्यारे ! अनि यो महँगी घट्नु वा बढ्नु, काम हुनु वा नहुनुमा पनि हाम्रो हात छैन । त्यसैले बरु गीता बारम्बार पढौं र ज्ञानी भएर बसौं है !

सांसदले मूल्यवृद्धिबारे सोधे, मन्त्री लम्सालले गुनगानमै समय सके

सांसदको प्रश्‍नको जवाफ उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले दिने कार्यसूची थियो । केही सांसद महँगीमा केन्द्रित भए, केही वर्तमान राजनीतिक परिस्थितिमा । महँगी नियन्त्रण र अनुगमनमा प्रदेश सरकारले गरेका काम सुनाउन गएका मन्त्री लम्सालले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको गुनगानमै समय सके