सातौंपटक निषेधाज्ञा अवधि एक साता थप

महोत्तरी।कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञा पुनः एक साता थप गरिएको छ।जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसअनुसार आजदेखि लागू हुनेगरी सातौंपटक निषेधाज्ञाको अवधि असार २३ गते मध्यरातसम्मलाई थप गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको हो।एक साता थपिएको निषेधाज्ञा खुकुलो बनाइएको छ। अत्यावश्यक वस्तुका पसल बिहानदेखि साँझ छ बजेसम्म सञ्चालन हुनेछन् भने सार्वजनिक यातायातका साधन स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन हुनेछन्।

सम्बन्धित सामग्री

काठमाडौंमा थप एक साता निषेधाज्ञा

काठमाडौं । उपत्यकामा गत १६ वैशाखबाट जारी निषेधाज्ञा पुनः एक साता थप गरिएको छ । उपत्याकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको संयुक्त बैठकले उपत्यकामा जारी निषेधाज्ञा एक साता लम्ब्याउने निर्णय गरेको हो । यो निर्णयसँगै काठमाडौंमा आगामी २७ साउसम्म निषेधाज्ञा कायम हुने छ । यसअघिको आदेशअनुसार बुधबारसम्म निषेधाज्ञा कायम […] The post काठमाडौंमा थप एक साता निषेधाज्ञा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

बर्दियामा एक साता निषेधाज्ञा थपियो

बर्दिया । बर्दियामा जारी निषेधाज्ञा एक साता थपिएको छ । असार १४ गते सम्म जारी निषेधाज्ञा असार २१ गते सम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको बैठकले असार २१ गते सम्मका लागि निषेधाज्ञा बढाएको हो । यस अवधिमा सावधानी अपनाउँदै दैनिक उपभोग्य वस्तु तरकारी, खाद्य, दूध, ग्यासका पसल बिहान ७ […]

मकवानपुरमा निषेधाज्ञा एक साता थप

मकवानपुर, असार १४ । मकवानपुरमा जारी निषेधाज्ञा एक साता थप गर्दै असार २१ गतेसम्म कायम गरिएको छ । कोरोनाको जोखिम कायमै रहेकोले जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिसमा र जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम निषेधाज्ञा थप गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो । प्रेस, फोटो स्टुडियो, फोटोकपी सेन्टर बिहान १० बजेबाट ४ बजेसम्म खोल्न […]

अझै एक साता निषेधाज्ञा थप्ने तयारी

काठमाडौं : काठमाडौं उपत्यकाको जारी निषेधाज्ञा एक साता लम्ब्याउने तयारी भएको छ।साथै जोरबिजोर प्रणालीबाट सार्वजनिक यातायात सञ्चालन गर्न दिने तयारी भएको छ। आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सार्वजनिक यातायात सञ्चालन गर्न दिने विषयमा छलफल गरेको हो।काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले थप निषेधाज्ञा खुकुलो पार्ने तयारी भएको जानकारी दिए।उनले थाहाखबरसँग भने, ‘आज एक साता निषेधाज्ञा थप्ने र १५ गतेबाट जोरबिजोर प्रणा

कपिलवस्तुमा थप एक साता निषेधाज्ञा

आर्थिक र ब्यवसायिक गतिबिधि बढाउन कपिलवस्तुमा खुकुलोसहित एक साता निषेधाज्ञा थप गरिएको छ।

महोत्तरीमा एक साता खुकुलो निषेधाज्ञा

महोत्तरी। कोरोना संक्रमणको दर कम हुँदै गएपनि महोत्तरी जिल्लामा गएराति देखि लागू हुने गरी एक साता निषेधाज्ञा थप गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेका अनुसार बिहान, साँझमा तीन घण्टा अत्यावश्यक सामग्रीको पसल खुल्ने र सीमा नाका बन्द गर्ने गरी निषेधाज्ञा खुकुलो बनाईएको हो।

मोरङमा निषेधाज्ञा एक साता लम्बियो

३१ जेठ, विराटनगर । मोरङमा जारी निषेधाज्ञा एक साता लम्बिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार असार ७ गतेसम्म निषेधाज्ञा थप भएको हो । सोमबार बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले कोरोनाको जोखिम अझै कम नभएको निष्कर्ष निकाल्दै थप सात दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो । निषेधाज्ञामा अवधिमा खाद्यवस्तु, इन्धन, […]

गुल्मीमा थप एक साता निषेधाज्ञा

गुल्मी। गुल्मीमा एक साता निषेधाज्ञा थप गरिएको छ। प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माका अनुसार कोरोना महामारीलाई न्युनीकरण गर्ने उद्देश्यले जेठ ३१ सम्मको निषेधाज्ञालाई लम्ब्याइएको हो। उनकाअनुसार पहिलेभन्दा खुकुलो बनाई असार १ गतेदेखि लागू हुने गरी एक साता निषेधाज्ञा थप गरिएको हो।

उपत्यकामा एक साता थपियो निषेधाज्ञा

काठमाडौं। तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप्ने निर्णय गरेका छन्। जसअनुसार जेठ १४ गते रातीदेखि लागु हुने गरेर २० गतेसम्म निषेधाज्ञा लम्बिएको छ। काठमाडौं जिल्ला प्रशासनले प्रकासन गरेको सूचनामा आदेशको उल्लंघन गरेमा प्रचलित कानून अनुसार कारबाही हुने उल्लेख छ।

मोरङका विभिन्न क्षेत्रमा एक साता निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय मोरङले सूचना जारी गरी वैशाख १८ गते मध्यरात १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञा एक साता जारी रहनेछ।