राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबार भएका खेलमा अपराजित टोली संकटा क्लब सातदोबाटो युथ क्लबसँग हारबाट जोगिँदा दिनको दोस्रो खेलमा एपिएफ र जावलाखेल युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । उपाधि होडमा रहेको अपराजित टोली संकटाले शुक्रबार त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा नवप्रवेश सातदोबाटो युथ क्लब पुनरागमनमा गोल गर्दै १–१ को बराबरी खेलेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुआती अग्रता भने सातदोबाटोले लिएको थियो । २३ औं मिनेटमा सुशील राईले गोल गर्दै सातदोबाटोलाई स