गठबन्धन आउँदो चुनावसम्म कायम रहन्छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको गठबन्धनलाई आगामी प्रदेश र संघको निर्वाचनमा समेत कायमै राख्ने बताएका छन् । उनले सोहीअनुसार मेहनत गर्न कार्यकर्तालाई निर्देशन दिए । गएको वैशाख ३० को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित गण्डकी प्रदेशका जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै उनले आगामी चुनावमा गठबन्धन कायमै रहने र चुनावको तयारी गर्न आग्रह गरे । उनले निर्वाचनमा पार्टीले प्रमुख जितेका पालिकालाई क्रान्तिकारी र भोलिका दिनमा समाजवादी सत्ताको भ्रूण

सम्बन्धित सामग्री

एक एक भोट खेर जान नपाओस् : प्रचण्ड

१८ कात्तिक, गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस पटकको चुनाव जित्नु भन्दा पनि अत्यधिक बहुमतको जित्नु महत्वपूर्ण रहेको बताएका छन् । शुक्रवार गोरखा नगरपालिका–१२ रानीटारमा आयोजित गठबन्धन दलहरुको चुनावी सभालाई सम्बोधन गर्दै उनले आफूलाई अत्यधिक बहुमतले बिजयी गराएर नयाँ कीर्तिमान कायम गर्न गोरखाका मतदातलाई आग्रह गरे । ‘गोरखामा मुख्य प्रतिस्पर्धी नेपाली […]

श्रृलङ्कालाई ‘टाट’ पल्टाउने ‘राजापक्ष’ पथमा ‘देउवा परिवार’

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले असार १७ गते काठमाडौँमा आयोजित एक कार्यक्रममा एकै परिवारको व्यक्तिलाई सबै खालका राजनीतिक अधिकार दिँदा श्रृलङ्का ‘टाट’ पल्टिएको बताएका थिए । ‘नेपालको वर्तमान आर्थिक अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा पूर्वगभर्नर क्षेत्रीले नेपालको राजीतिक अधिकार श्रीलङ्काको जस्तो सीमित व्यक्तिको हातमा अहिले नै नपुगेकाकाले नेपालको अर्थ व्यवस्था अहिले नै श्रीलङ्काको जस्तो नहुने बताएका थिए । तर, राजनीतिक अधिकार सीमित मान्छेलाई दिइयो भने कुनै समयमा त्यस्तै संकट उत्पन्न हुन सक्छ भन्ने कुरा श्रीलङ्काबाट सिक्न आवश्यक रहेको उनको भनाई थियो । किनकी, महिन्द्रा राजापक्षको परिवारबाट राष्ट्रपति, प्रधानमन्त्री र अर्थमन्त्री बनेर उनीहरुले जथाभाबी करका दरहरू चलाउँदा चरम आर्थिक संकटको स्थिति आएको तथ्य विश्व भरी नै छर्लङ्ग छ ।‘राजनीतिक अधिकार सीमित मान्छेलाई दिइयो भने कुनै समयमा हुन सक्छ भन्ने कुरा श्रीलङ्काबाट सिक्न सक्छौँ, त्यहाँ वंशीय रूपमा राष्ट्रपति, प्रधानमन्त्री र अर्थमन्त्री एउटै परिवारको भएपछि हामी नै राज्य भन्ने कुरा भयो । उनीहरूले आफूहरूले ल्याएको कुरामा कसैले चुनौती दिन सक्दैन भनेपछि आयकरको दायरा घटाए, भ्याट पनि १५ प्रतिशतबाट आठ प्रतिशतमा झारे’ पूर्वगभर्नर क्षेत्रीले भनेका थिए, ‘उत्पादन नहुँदा आयात गर्नुपर्ने भएपछि विदेशी मुद्राको सञ्चिति घट्दै गयो । ब्याज जस्तोसुकै भएपनि विदेशी ऋण ल्याइरहने भएकाले यस्ता कुराले श्रीलङ्कालाई गाँजेको हो ।’ठ्याक्कै राजापक्ष पथमा देउवानेपालका प्रधानमन्त्री शेरबहादुर देउवा पनि राजापक्ष पथमा हिडिरहेको भान हुन थालेको छ । किनकी, बजेटमा फेरबदल गरिएका करका दरबाट देउवा परिवारले नै आर्थिक फाइदा उठाउने निश्चित भएको छ । सेनेटरी प्याडको आयातमा ९० प्रतिशत भन्सार छुट देउवाका एक मात्र सन्तान जयवीरसिंह देउवाको कम्पनीलाई फाइदा पुर्याउन ल्याईएको नीति भएको पुष्टि भएको छ । किनकी, देउवा पुत्र जयवीरले ब्लुप्रिन्ट ट्रेडिङमार्फत सेनेटरी प्याडको आयात गर्दै आएका छन् । उसो त, देउवा कसरी पनि राजापक्ष पथमा लम्किरहेका छन् भने, उनी राजनीतिकदेखि आर्थिक क्षेत्रमा समेत आफ्नो परिवारको प्रभूत्व जमाउन कसरत गरिरहेका छन् । काँग्रेसको १४ औँ महाधिवेशनमै जयवीर महाधिवेशन प्रतिनिधि बन्ने चर्चा थियो । यसका लागि देउवाले नै ‘अहिले बेला भएको छैन’ भनेर रोके । आलोचना नहोस् भन्ने माहोल बनाएर १५औँ महाधिवेशनबाट केन्द्रीय राजनीतिमा छोरालाई भित्र्याउने उनको दाउ छ ।२७ वर्षको उमेरमा २ वर्ष अगाडी काँग्रेसको क्रियाशील सदस्यता लिएका जयवीर २९ वर्ष लाग्दैछन् । लामो समय बेलायत बसेर उतै पढेर फर्किएका जयवीरको उठबस अहिले ब्यापारिक घरानासँग छ । आगामी आर्थिक वर्षको बजेट निर्माणको काम भईरहँदा जनार्दन शर्मासँग जयवीरले आफ्नी आमा आरजु राणा देउवासँग गएर भेटघाट गरेका थिए । जयवीरकै लागि जनार्दनले बजेटमार्फत सेनेटरी प्याडमा ९० प्रतिशत भन्सार छुटको व्यवस्था गरिदिए । त्यसपछि जेठ १६ गते जयवीरले राज्यमन्त्री उमेश श्रेष्ठको घरमा ‘ककटेल पार्टी’ दिए ।यसअघिःप्रधानमन्त्री पुत्रलाई पोस्न प्याड आयातमा कर छुट दिलाएर रातभरी ‘ककटेल पार्टी’ गरेको पुष्टिविस्तारै आरजुले छोरा जयवीरलाई ब्यापार हुँदै राजनीतिक भेटघाटमा पनि ब्यस्त गराउँदै छिन् । जयवीरलाई तरुण दलको सचिव बनाएर परिवारको राजनीतिक उत्तराधिकारी बनाउन आरजुलाई कतिपयले उकासेका छन् । देउवा भने १५औँ महाधिवेशनबाट छोरालाई केन्द्रीय सदस्य नै बनाएर छिराउने मनशायमा रहेको बताइन्छ । डडेल्धुराको जिल्ला कार्य समितिमा प्रवेश गराउनेबारे कुराकानी भएपनि जिल्ला तहको राजनीतिले केन्द्रीय तहको जस्तो चर्चा नपाउने र ‘मिडिया’ले पनि जिल्लाको भन्दा केन्द्रकै राजनीतिको ‘कभर’ बढी गर्ने भएकाले यसमा उनी आफैँ पनि सहमत छैनन् भनिन्छ ।मंसिरमा प्रस्ताव गरिएको निर्वाचनमा पीताको चुनावी अभियानमा छोरालाई ‘कमाण्डर’ बनाउने दाउमा आरजु लागेकी छिन् । यसो हुँदा २०८४ सालमा हुने निर्वाचनमा जयवीर उम्मेदवार बन्ने बाटो तयार हुने दाबी आरजुको छ । तर, उनले सोचेजस्तो भएन नै भनेपनि २०८९ सालमा त जयवीरलाई डडेल्धुराबाट चुनाव लड्नबाट रोक्न यसै पनि कसैले सक्ने अवस्था छैन ।यो पनिःराज्यमन्त्री उमेश श्रेष्ठको घरमा अर्थमन्त्रीसहित प्रधानमन्त्रीका छोराको ‘ककटेल पार्टी’डडेल्धुरामा काँग्रेसभित्र देउवा परिवारको विरोध गर्नेहरु अहिले छैनन् । किनकी, विरोध गर्नेहरुलाई गत स्थानीय निर्वाचनमा गठबन्धन नमानेको भन्दै देउवाले धमाधम कारबाही गरेर निकालिसकेका छन् ।यता, मंसिरकै निर्वाचनमा माओवादीले भनेजति सिटमा गठबन्धन गरेर र प्रचण्डसँग आधा आधा कार्यकालका लागि प्रधानमन्त्री पदमा सहमति गरेर आफूले प्रधानमन्त्री पद छोडेपछि प्रचण्ड प्रधानमन्त्री बन्दा श्रीमती आरजुलाई ‘चाहेको मन्त्रालय’ दिलाएर सत्तामा हालिमुहाली कायम राख्ने रणनीतिमा पनि देउवा लागिरहेका छन् ।

माओवादीले हरहालतमा चुनाव जित्नुपर्ने बाध्यता छ : प्रचण्ड

कावासोती । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानविरोधीहरूले गणतन्त्रलाई उल्ट्याउन खोजेको भन्दै यो कुरा जनतालाई बुझाउन जरुरी रहेको बताएका छन् । शनिबार नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको देवचुलीमा भएको पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सत्ता गठबन्धन संघको निर्वाचनसम्म कायम रहने बताए । “गठबन्धनभित्र स्थानीय तह निर्वाचनमा तालमेल गर्ने...

गठबन्धन जोगाउन प्रचण्ड-माधवको घुँडाका छाला गइसक्यो : ओली

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन जोगाउनका लागि पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको घुँडाको छाला गइसकेको टिप्पणी गरेका छन्। मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीले यस्तो टिप्पणी गरेका हुन्। चुनावका लागि गठबन्धन उहाँहरुलाई आवश्यक हो देशलाई होइन, कोही मिलेर लड्छ कि एक्लै एमालेलाई अर्थ छैन, एमाले चुनावी मुकाबिलाका लागि एक्लै आउ भन्दैन, सबै मिलेर आए हुन्छ। एक्लै चुनाव जित्न एमाले सक्षम छ।'ओलीले भने,'गठबन्धन कायम राख्न प्रचण्ड-

प्रचण्ड-माधवको अडानले दोहोरो चेपुवामा देउवा, गठबन्धन जोगाउन एमसिसी शर्त !

काठमाडौं : पाँच दलीय सत्ता गठबन्धनको बैठक चलिरहेको बेलामा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य युवराज दुलाल ‘शरद’ले प्रधानमन्त्री तथा शेरबहादुर देउवाले गठबन्धन कायम राख्न अमेरिकी परियोजना एमसिसी अघि सारेको संकेत गरे। उनले शनिबार दिउँसो फेसबुकमा लेखेका थिए, ‘यदि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्रीले एमसिसी टेबुल गरे मात्र स्थानीय तहको चुनाव समयमै गर्ने शर्त राख्‍नुभएको हो भने यो सम्पूर्ण रूपमा गलत छ। अहिलेको राष्ट्रिय सवाल स्थानीय तहको चुनाव हो एमसिसी होइन।&