काठमाडौँ। छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपमा सशस्त्र प्रहरी बल (एपीएफ) ले माल्दिभ्स भलिबल एसोसिएसनमाथि सहज जित निकालेको छ। पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आज (सोमबार) को दोस्रो खेलमा पुरुषतर्फ एपीएफले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको हो। एपीएफले पहिलो सेट २५-२०, दोस्रो २५-१८ र तेस्रो सेट २५-२० ले आफ्नो […]
एजेन्सी– अमेरिकाको माइन राज्यको ब्यान्गोर अन्तर्राष्ट्रिय विमानस्थलबाट टेकअफ गर्ने क्रममा आठ जना यात्रु बोकेको निजी जहाज दुर्घटनाग्रस्त भएको सङ्घीय विमान प्रशासनले जनाएको छ । सङ्घीय विमान प्रशासनका अनुसार, जहाज आइतबार राति करिब ७ः४५ बजे दुर्घटनाग्रस्त भएको हो । जहाजमा सवारहरूको स्वास्थ्य अवस्थाबारे अहिलेसम्म कुनै जानकारी आएको छैन । सङ्घीय विमान प्रशासन र राष्ट्रिय यातायात सुरक्षा […]
म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले बढीभन्दा मूल्य लिनका लागि माघ लागेपछि सुन्तला टिपेर बजार पठाउन थालेका छन् । देशका धेरै ठाउँका बगैँचा रित्तिएपछि उनीहरूले सुन्तला टिप्न थालेका हुन् । दोसल्लेका किसानले विगतको तुलनामा यसपालि राम्रो मूल्य पाएका छन् । यसअघि मङ्सिर–पुसमा प्रतिक्रेट (बीस किलो) एक हजार ७०० मा बिक्री हुने गरेको थियो । […]
१ माघदेखि एकसाथ प्रदर्शनमा आएका तीनवटा नेपाली फिल्महरू बक्सअफिसमा निकै कमजोर देखिएका छन् । यद्यपि, गोबर गणेश, मिरमिरे र भाइरल गोर्खेमध्ये तुलनात्मक रुपमा गोबर गणेशको व्यापार केही राम्रो देखिएको छ ।
सहिद अनिष पराजुलीका पुत्र नेल्सन पराजुलीलाई लक्षित गर्दै गोल्याण ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्याणले दिएको मर्मस्पर्शी सन्देशले सामाजिक सञ्जालमा ध्यान आकर्षित गरेको छ । सरस्वती पूजाको शुभ अवसरमा अक्षरारम्भ गरेका नेल्सनका लागि अक्षयले व्यक्त गरेको भावना माया, साथ र प्रेरणाले भरिएको छ । काठमाडौं यूरो स्कुल, बानियाटारमा अध्ययनरत दुई वर्षीय नेल्सनले औपचारिक रूपमा […]