प्रतिनिधिसभाको बैठक सुरु, एमालेको नाराबाजी (लाइभ)

काठमाडौं, ४ फागुन । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । तर, बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले भने उभिएर नाराबाजी गरेका छन् । आजको बैठकको कार्यसूचीमा एमसीसी सम्झौता अनुमोदन प्रस्तावलाई समावेश गरिएको छैन । तर, दलहरूबीच सहमति नभएपछि बुधबार बस्न लागेको बैठकको कार्यसूचीमा एमसीसीलाई समावेश नगरिएको हो ।