विभूषणमा प्रयोग हुने सुनको परिमाण घटाउने

१५ असार, काठमाडौं । सरकारले विभूषणमा प्रयोग हुने सुनको परिमाण घटाउने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले विभूषणमा प्रयोग हुने सुनको परिमाण घटाउने र बनोट हेरफेर गर्न स्वीकृति दिएको छ । सरकारले हरेक वर्ष देशका विभिन्न क्षेत्रमा सेवा पुर्‍याउनेहरुलाई विभूषण तथा पदक प्रदान गर्दै आएको छ ।