श्रीलङ्काको मुद्रा सञ्चिति एक अर्ब ८५ करोड डलर : केन्द्रीय बैंक

सन् २०२२ को जून अन्त्यसम्ममा श्रीलङ्काको मुद्रा सञ्चिति एक अर्ब ८५ करोड अमेरिकी डलर रहेको केन्द्रीय बैंकले शुक्रबार जनाएको छ । श्रीलङ्काको मुद्रा सञ्चिति सन् २०१९ को अन्त्यमा सात अर्ब ६० करोड अमेरिकी डलर पुगेको थियो तर त्यसबेला देखि सञ्चितिमा निरन्तर ओरालो लाग्दै आएको छ ।सन् २०२० को अन्त्यसम्ममा उक्त मौज्दात पाँच अर्ब ७० करोड डलरमा झरेको थियो । केन्द्रीय बैंकको तथ्याङ्कअनुसार सन् २०२१ को अगस्तसम्ममा उक्त मौज्दात तीन अर्ब १० करोड पुगेको र र सन् २०२२ मार्च मसान्तसम्ममा यसमा थप कमी आई एक अर्ब ९० कर

सम्बन्धित सामग्री

पाकिस्तानको विदेशी मुद्रा सञ्चिति घट्ने क्रम रोकिएन, हप्तामा ६० लाख डलर घट्यो

काठमाडौं । पाकिस्तानको विदेशी मुद्रा सञ्चिति सुक्ने क्रम जारी छ । त्यहाँको केन्द्रीय बैंक ‘स्टेट बैंक अफ पाकिस्तान’ (SBP)का अनुसार विदेशी मुद्रा सञ्चिति ६० लाख डलरले घटेको छ । गत अप्रिल २८ मा सकिएको हप्तामा पाकिस्तानी केन्द्रीय बैंकको कुल विदेशी मुद्रा सञ्चिति (Forex) लगभग ४ अर्ब ५० करोड डलर थियो । यो अघिल्लो हप्ताको भन्दा ६० लाख डलर कम भएको एसबीपीले बिहीवार विज्ञप्ति जारी गर्दै बताएको हो ।  वाणिज्य बैंकहरूसँग रहेको खुद विदेशी सञ्चिति करिब ५ अर्ब ६ करोड डलर पुगेको पनि बताइएको छ । एसबीपीका अनुसार पाकिस्तानसँग केन्द्रीय बैंक र वाणिज्य बैंकहरूसँग समेत गरेर कुल तरल विदेशी मुद्रा सञ्चिति (Liquid Foreign Reserves) करिब १० अर्ब डलर आसपास छ । विगत कयौं महीनायता पाकिस्तानको विदेशी मुद्रा सञ्चिति घटिरहेको छ । एजेन्सी

श्रीलंकाजस्तै आर्थिक पतनको बाटोमा पाकिस्तान

इस्लामाबाद । घट्दै गएको विदेशी मुद्रा सञ्चिति र बढ्दो मुद्रास्फीतिले पाकिस्तान आर्थिक पतनको बाटोमा छ। श्रीलंकाको आर्थिक पतनजस्तै पाकिस्तानको अवस्था हुने विश्लेषणहरु भइरहेका छन्।  'पाकिस्तानको केन्द्रीय बैंक, स्टेट बैंक अफ पाकिस्तान (एसबीपी) ...

भारतको केन्द्रीय बैंकले पनि बढायो ब्याजदर

भारतको केन्द्रीय बैंक (आरबीआई)ले रिपो दर ०.५० प्रतिशत बिन्दुले वृद्धि गरेको छ । माैद्रिक नीतिका सम्बन्धमा छलफल गर्न बसेकाे माेनिटरी पाेलिसी कमिटी बैठकले रिपो दर ४.९ बाट ५.४ प्रतिशत पुर्‍याउने निर्णय गरेकाे हो । आरबीआईका गभर्नर शक्तिकान्त दासले महँगी उच्च दरमा रहेको र विदेशी मुद्रा सञ्चिति घटेकाले पनि ब्याजदर बढाउनुपर्ने आवश्यकता रहेको औंल्याए ।

श्रीलङ्काको मुद्रा सञ्चिति एक अर्ब ८५ करोड डलरः केन्द्रीय बैंक

एजेन्सी । सन् २०२२ को जून अन्त्यसम्ममा श्रीलङ्काको मुद्रा सञ्चिति एक अर्ब ८५ करोड अमेरिकी डलर रहेको केन्द्रीय बैंकले शुक्रबार जनाएको छ ।

श्रीलंकाकाे मुद्रा सञ्चिति एक अर्ब ८५ करोड डलर : केन्द्रीय बैंक

सन् २०२२ को जुन अन्त्यसम्ममा श्रीलंकाको मुद्रा सञ्चिति एक अर्ब ८५ करोड अमेरिकी डलर रहेको त्यहाँको केन्द्रीय

विदेशी मुद्राको सञ्चिती भारतमा पनि गिरावट

काठमाडौं : नेपालमा अमेरिकी डलरको सञ्चितीमा कमि आएर संकट सिर्जना हुने अर्थविदहरुले चेतावनी दिइरहेका बेला छिमेकी मुलुक भारतमा पनि विदेशी मुद्राको सञ्चितीमा अहिलेसम्मकै सबैभन्दा ठूलो साप्ताहिक गिरावट आएको छ।भारतीय केन्द्रीय बैंक, रिजर्भ बैंक अफ इन्डियाले जारी गरेको आँकडा अनुसार भूराजनीतिक घटनाक्रमका कारण मुद्रामा दबाब आउँदा भारतको विदेशी मुद्रा सञ्चिति ११।१७३ बिलियन डलर घटेर ६०६।४७५ बिलियन डलरमा सीमित भएको छ। जुन अहिलेसम्मकै सबैभन्दा ठूलो साप्ताहिक गिरावट भएको बताइएको छ।भारतीय केन्द्रीय ब

विदेशी मुद्रा सञ्चिति : बाँकी जोगाउँदै केन्द्रीय बैंक

काठमाडौं । उच्च व्यापारघाटा र रेमिट्यान्स (विप्रेषण) आप्रवाहमा आएको कमीले विदेशी मुद्रा सञ्चिति लगातार घट्न थालेपछि बाँकी रहेको सञ्चिति जोगाउने रणनीतिमा केन्द्रीय बैंक देखिएको छ ।  विदेशी मुद्राको सञ्चिति घट्दै जाँदा औषधि, खाद्यान्नलगायत अत्यावश्यक सामानसमेत आयात गर्न नसक्ने स्थिति आउने आकलन गर्दै नेपाल राष्ट्र बैंकले बाँकी रहेको विदेशी मुद्रा जोगाउने रणनीति अँगालेको हो ।  चालू आर्थिक वर्षको शुरूदेखि विदेशी मुद्राको सञ्चितिमा दबाब पर्न थालेको थियो । त्यसपछि केन्द्रीय बैंकले यसलाई बढाउने नीति लियो । विदेशी मुद्रा सञ्चिति बढाउन राष्ट्र बैंकले विप्रेषण बचतको ब्याजदर वृद्धिदेखि गैरआवासीय नेपालीबाट विदेशी मुद्राको निक्षेप ल्याउनसमेत सहजीकरण गर्‍यो । आफूले अघि सारेका नीतिले काम नगरेपछि राष्ट्र बैंक विदेशी मुद्रा खर्च हुने क्षेत्रमा कडाइ गरेर भए पनि सञ्चिति जोगाउने रणनीतिमा लागेको हो ।  पछिल्लोपटक सोमवार राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओहरू) लाई बोलाएर विलासी सामानको आयातका लागि एलसी (प्रतीतपत्र) नखोल्न निर्देशन दिएको छ । त्यसअघि राष्ट्र बैंकले दुईपटक गरी विभिन्न ४७ प्रकारका सामान आयात गर्न शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । त्यसबाहेक सुन र चाँदी आयातमा समेत कडाइ गरेको थियो ।  आयातमा कडाइ गर्न लिएका नीतिको प्रभाव खासै नदेखिएपछि राष्ट्र बैंकले केही समयका लागि एलसी नखोल्न बैंकहरूलाई मौखिक निर्देशन दिएको हो । राष्ट्र बैंकसँग आयातमा रोक लगाउने अधिकार नभएकाले बैंकहरूलाई एलसी नखोल्न मौखिक आग्रह गरेर निरुत्साहित गर्न खोजेको हो ।  नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट अत्यावश्यक सामान आयातमै समस्या नहोस् भनेर अहिले विदेशी मुद्रा सञ्चिति जोगाउन केन्द्रित भएको बताउँछन् । ‘चालू आर्थिक वर्षको शुरूदेखि नै विदेशी विनिमय सञ्चितिमा दबाब बढिरहेको छ,’ उनले भने, ‘भोलि हामीलाई नभई नहुने औषधि किन्न पनि समस्या होला भनेर केही समयका लागि सुनचाँदीलगायत विलासी वस्तुको आयात रोकौं भन्ने हो ।’ मंगलवार गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री जनार्दन शर्मालाई विदेशी विनिमय सञ्चितिको अवस्थाबारे ब्रिफिङ गर्दै केही समयका लागि केही सामानको आयात रोक्नुपर्ने सुझाव दिएका थिए ।  राष्ट्र बैंकले नगद मार्जिनको व्यवस्था गरे पनि बैंकमा एलसी खोल्नेको संख्या अत्यधिक भएको भन्दै केही समय रोक्न बैंकरले समेत सुझाव दिँदै आएका छन् । राष्ट्र बैंकसँग अहिले साढे ६ महीनाको वस्तु तथा सेवाको आयात धान्ने विदेशी मुद्रा सञ्चिति छ । १ वर्षअघिसम्म १२ महीनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने सञ्चिति थियो । विदेशी विनिमय सञ्चिति ६ महीनाभन्दा कम अवधिको आयात धान्ने अवस्थामा पुग्नु अर्थतन्त्रका लागि निकै हानिकारक हुने बताइन्छ ।  राष्ट्र बैंकले मौद्रिक नीतिमै विदेशी मुद्राको सञ्चिति ७ महीनाको आयात धान्ने विन्दुसम्म कायम राख्ने लक्ष्य राखेको थियो । देशको शोधनान्तर स्थिति २ खर्ब ४७ अर्ब रुपैयाँले घाटामा छ । व्यापारघाटा साढे ११ खर्ब नाघेको छ ।

विदेशी मुद्राको सञ्चिति घट्दा दबाबमा राष्ट्र बैंक

ढुकुटीमा विदेशी मुद्राको सञ्चिति घट्न थालेपछि राष्ट्र बैंकलाई दबाब परेको छ । व्यापार घाटा उच्च हुनुका साथै रेमिट्यान्सको वृद्धिदर समेत प्रभाव परेपछि मुद्राको सञ्चिति घट्न थालेको हो ।पछिल्लो केही महिनायता लगातार विदेशी मुद्रा सञ्चिति घट्न थालेपछि विलासी वस्तुहरुको आयातलाई कडाइ गर्नुपर्ने निष्कर्षमा केन्द्रीय बैंक पुगेको छ ।गभर्नर महाप्रसाद अधिकारीले गत साता अर्थ समितिको बैठकमा कोभिडको […]