राप्रपाका नेता गणेश शेरचनको निधन

राप्रपाका नेता गणेश शेरचनको निधन भएको छ । मृगौलासम्बन्धी रोगबाट पीडित उनको उपचारको क्रममा धापासीस्थित ग्राण्डी अस्पतालमा आइतबार बिहान निधन भएको राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकले जानकारी दिए । तत्कालीन राप्रपा नेपालका महामन्त्रीसमेत रहेका उनको निधनबाट राप्रपा र नेपालको राष्ट्रवादी आन्दोलनलाई ठूलो क्षति पुगेको राप्रपाले जनाएको छ ।