साल्ट ट्रेडिङ कर्पाेरेसन सेवामूलक बन्नुपर्छ : मन्त्री यादव

साल्ट ट्रेडिङ कर्पाेरेसनले नेपाल वनस्पति घ्यू उद्योगबाट तोरीको तेल उत्पादन गर्ने भएको छ । बन्द अवस्थाको सो उद्योगलाई नियमित गरी कर्पाेरेसनले छिट्टै तोरीको तेल उत्पादन गर्न लागेको हो । विराटनगरस्थित मोरङ सुगर मिल्स लिमिटेडमा कृषि औजारहरू खरीद गरी उखुखेतीलगायत अन्य खेतीमा आधुनिकीकरण गर्न सुरु गरेको कर्पाेरेसनले जनाएको छ ।