नेपालमा कोरोना संक्रमितको संख्या र मृत्युदर घट्दै

जेठ १६, काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या र मृत्युदर घट्दै गएको छ । पाँच दिनअघि संक्रमितको संख्या छ हजार ७४१ रहेकोमा आइतवार सो संख्या घटेर चार हजार ३६९ रहेको छ । यस्तै पाँच दिनअघि कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४५ रहेकामा आइतवार सो संख्या घटेर १०९ पुगेको छ । यही जेठ १ गते कोरोना संक्रमितको संख्या आठ हजार १६७ रहेको थियो भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या १८७ थियो । जेठ ३ गते नेपालमा हालसम्मकै बढी नौ हजार २४७ जना कोरोनाबाट संक्रमित भएका थिए । सो दिन कोरोनाबाट ज्यान गुमाउनेको संख्या भने २१४ रहेको थियो ।  जेठ ५ गते कोरोनाबाट नेपालमा कोरोनाबाट हालसम्मकै बढी २४६ जनाको मृत्यु भएको थियो । त्यसयता मृत्युदर भने लगातार घट्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । मन्त्रालयका अनुसार पछिल्लो समय १० हजार ९८६ जनाको पिसिआर परीक्षण तथा एक हजार ७८४ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पिसिआर विधिबाट तीन हजार ७०२ तथा एन्टिजेनबाट ६६७ जनामा संक्रमण पुष्टि भएको हो ।  यो सँगै कोरोना संक्रमितको संया नेपालमा पाँच लाख ५३ हजार ४२२ पुगेको छ । हाल ७६३ संक्रमित क्वारेन्टिनमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।    हालसम्म चार लाख ४० हजार ९५५ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर छ हजार २०५ संक्रमित निको भएर घर फर्किएका छन् ।  निको हुने दर ७९ दशमलव २ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ । हाल देशभर एक लाख आठ हजार ८९७ सक्रिय संक्रमित रहेका छन् । पिसिआर परीक्षण गराउनेको संख्या ३० लाख ४२ हजार ३६९ पुगेको छ ।  काठमाडौं उपत्यकामा पनि घट्दै संक्रमितको संख्या काठमाडौं उपत्यकामा पनि पछिल्लो समय कोरोना संक्रमितको संख्या घट्दै गएको छ । यही जेठ ९ गते उपत्यकामा कोरोना संक्रमितको संख्या दुई हजार ८२१ रहेकामा आइतवार सो संख्या घटेर एक हजार ९३ पुगेको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ८०४, ललितपुरमा १६८ तथा भक्तपुरमा ११३ जनामा संक्रमण पुष्टि भएको छ ।  काठमाडौंमा हाल सक्रिय संक्रमितको संख्या १५ हजार ३७७ रहेको छ । हालसम्म कोरोनाबाट एक लाख ७० हजार ३६२ संक्रमित निको भएका छन् भने एक हजार ५९९ संक्रमितको मृत्यु भएको छ । यस्तै ललितपुरमा हाल छ हजार ५२५ सक्रिय संक्रमित रहेका छन् । हालसम्म २६ हजार १२५ संक्रमित निको भएका छन् भने कोरोनाबाट ४३० संक्रमितको मृत्यु भएको छ । यसैगरी भक्तपुरमा चार हजार ५०१ सक्रिय संक्रमित छन् । निको हुनेको संख्या १४ हजार ९६६ रहेको छ भने ३२१ संक्रमितले ज्यान गुमाएको मन्त्रालयले जानकारी दिएको छ । रासस   

सम्बन्धित सामग्री

नेपालमा कोरोना संक्रमणबाट थप २ को मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप दुई जनाको ज्यान गएको छ । आज ज्यान गुमाउनेसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १२ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी तीन हजार […] The post नेपालमा कोरोना संक्रमणबाट थप २ को मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

नेपालमा कोरोना संक्रमणदर १५ प्रतिशतमा

नेपालमा कोरोना संक्रमणदर निरन्तर घट्दै गएको छ । आइतबार परीक्षण गरिएका नमुनाका आधारमा संक्रमणदर १५ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत २४ घन्टामा परीक्षण गरिएका नौ हजार दुई सय ५१...

नेपालमा कोरोना महामारीका २ वर्ष

नेपालमा कोरोना प्यान्डेमिक सुरु भएको ठ्याक्कै दुई वर्ष भएको छ। ०७६ साल माघ ९ गते अर्थात् सन् २०२० जनवरी २३ का दिन नेपालमा कोरोना संक्रमणको पहिलो केस पत्ता लागेको थियो। तत्पश्चात् नेपालमा साना–ठूला गरी जम्मा ४ वटा प्यान्डेमिक लहर आइसकेका छन् र वर्तमान लहर चौथो लहर हो। तर, समाचार र विभिन्न लेखमा ठूला लहरको मात्रै […]

नेपालमा कोरोना संक्रमण दर पाँच प्रतिशतभन्दा कम

नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर पाँच प्रतिशतभन्दा कममा झरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार कोभिड–१९ परीक्षण गर्दा सङ्क्रमण दर पाँच प्रतिशतभन्दा कम देखिएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी...

नेपालमा कोरोना निको हुने पनि स्थिर

काठमाडौं, ८ साउन । नेपालमा कोरोना सङ्क्रमण बढेसँगै निको हुने दर पनि स्थिर रहेको छ । साउन १ गते निको हुने दर ९४.५ प्रतिशत रहेको थियो । साउन ७ गते पनि निको हुने दर साउन १ गतेकै जस्तो ९४.५ रहेको छ । अहिले निको हुने दर बढ्न सकेको छैन । साउन २ गतेदेखि साउन ४ […]

नेपालमा कोरोना संक्रमण पुरुषमा धेरै

काठमाडौं। नेपालमा कोरोना संक्रमण हुनेमा महिलाभन्दा धेरै पुरुष रहेको देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा पुष्टि भएका कोरोना संक्रमणमध्ये ६०.५७ प्रतिशत (३९५४१३) पुरुष रहेका छन्। त्यस्तै, कूल संक्रमितमध्ये ३९.४३ प्रतिशत (२५७४४६) महिला रहेका छन् । हालसम्म नेपालमा ६ लाख ९५ हजार ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नियन्त्रणतर्फ महामारी : नेपालमा कोरोना संक्रमणदर २० प्रतिशतबाट तल झर्यो

काठमाडौं। नेपालमा कोरोना महामारी विस्तारै नियन्त्रणतर्फ अघि बढेको छ। एक महिनाअघि संक्रमणदर ५० प्रतिशतभन्दा माथि रहेको थियो। आज यो दर झरेर १९.६९ प्रतिशतमा पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा देशभर १४ हजार ८१९ जनाको परिक्षण गर्दा दुई हजार ९१८ जनामा कोरोना संक्रमण देखिएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख १० हजार ५२१ पुगेको छ।

‘नेपालमा कोरोना सङ्क्रमण वृद्धिदर विश्वमै उच्च’

काठमाडौ / नेपालमा कोरोना भाइरस सङ्क्रमणको वृद्धिदर विश्वमै उच्च तहमा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ । पछिल्लो एक सातामा नेपालमा कोरोना सङ्क्रमण दर दुई सय ४१ प्रतिशत बढेको मन्त्रालयले जनाएकाे छ । याे दर विश्वमै उच्च रहेको बताइएको छ । याे सँगै समुदायमा समेत सङ्क्रमण व्यापक भइसकेको मन्त्रालयले बताएकाे छ । भारतमा सङ्क्रमण... The post ‘नेपालमा कोरोना सङ्क्रमण वृद्धिदर विश्वमै उच्च’ appeared first on Purbeli News.

‘नेपालमा कोरोना सङ्क्रमण वृद्धिदर विश्वमै उच्च’

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस सङ्क्रमणको वृद्धिदर विश्वमै उच्च तहमा पुगेको बताएको छ । पछिल्लो एक हप्तामा नेपालमा कोरोना सङ्क्रमण दर दुई सय ४१ प्रतिशत अर्थात् झण्डै दुई दशमलव पाँच गुणाले बढेको भन्दै मन्त्रालयले यो दर विश्वमै उच्च रहेको बताएको हो । अहिले विश्वमा कोरोना सङ्क्रमण वृद्धिदर १० प्रतिशतमात्रै रहेको छ । नेपालको छिमेकी देश भारतमा सङ्क्रमण वृद्धिदर ६० प्रतिशत, पाकिस्तानमा १३ प्रतिशत र माल्दिभ्समा ८० प्रतिशत रहेको छ । यस्तै नेपालमा परीक्षण गरिएका नमुनामध्...

के साँच्चै आज नेपालमा कोरोना खोप भित्रिँदै छ ?

काठमाडौँ / विश्वका थुप्रै मुलुकमा अहिले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउने अभियान चलिरहेको छ । नेपालको दक्षिणी छिमेकी देश भारतमा पनि कोरोना खोप अभियान सुरु भएको ४ दिन भइसकेको छ । सरकारले नेपालमा कोरोना खोप भित्र्याउन लागि परिरहेको जानकारी दिन थालेको निकै भइसक्यो । यसैबीच बुधबार नेपालका भारतबाट कोरोना खोप आउने भनेर चर्चा चलिरहेको... The post के साँच्चै आज नेपालमा कोरोना खोप भित्रिँदै छ ? appeared first on Purbeli News.