लुम्बिनी प्रदेशमा सबै भन्दा बढी मुद्दा फछर्यौट गर्ने जिल्ला अर्घाखाँची

अर्घाखाँची । अर्घाखाँची जिल्ला अदालतले लुम्बिनी प्रदेशकै सबैभन्दा बढी मुद्दा फछर्यौट गर्ने जिल्ला बनेको छ । आर्थिक वर्ष २०७६/०७७ का १४९ थान र आर्थिक वर्ष २०७७/०७८ का २ सय ८० थान गरी ४ सय ३० थान मुद्दा रहेकोमा यस आर्थिक वर्षमा ३ सय ५ थान मुद्दा फछर्यौट भएको अदालतका श्रेस्तेदार महेश खनालले जानकारी दिनुभयो । […]