‘लैंगिक हिंसा निवारण कोष’ परिचालन गर्न समितिको निर्देशन

संसदीय समितिले पीडितलाई तत्काल राहत हुने गरी ‘लैंगिक हिंसा निवारण कोष’ परिचालन गर्न सरकारलाई निर्देशन दिएको छ । मंगलबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधिसभा अन्तरगतको महिला तथा सामाजिक समितिको बैठकले पीडितलाई तत्काल राहत हुने गरी लैंगिक हिंसा निवारण कोष परिचालन गर्न÷गराउन प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय र त्यसका लागि आवश्यक समन्वय गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको हो । महिला हिंसासँग सम्बन