डोटीमा घर भत्किँदा दुईको मृत्यु

डोटी । डोटीमा घर भत्किँदा दुई जनाको मृत्यु भएको छ । डोटीको सायल गाउँपालिकामा घर भत्किदा दुई जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयकाका प्रहरी वरिष्ठ उपरीक्षक विक्रम चन्दले जानकारी दिए । प्रहरी घटन स्थलमा पुगिसकेको उनले बताए । घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको जानकारी दिए । यस अघि आजै पहिरोमा पुरिएर डडेल्धुरामा एक […]

सम्बन्धित सामग्री

पहिरोमा पुरिएर दुईको मृत्यु, पाँच बेपत्ता

अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा दुई जनाको मृत्यु भएको छ । त्यस्तै ऋषिङ गाउँपालिकामा पहिरोले पुरिएर पाँच जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा घरमाथिबाट आएको पहिरोले घर भत्किँदा १७ वर्षीय लक्ष्मी विकको मृत्यु भएको छ । घरको भित्ताले पुरिएर घाइते विकको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । यसैगरी व्यास नगरपालिका–७ कलेस्तीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको र उनको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

डोल्पामा घर भत्किँदा दिदी बहिनीको मृत्यु

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ४ को रङ्ग गाउँमा घर भत्किदा एकै घरका दुईको मृत्यु भएको छ । एक जना गम्भीर