भ्रष्टाचार नियन्त्रण गर्ने कानुन बनाउन संसदमा भूमिका खेल्छु : सांसद भण्डारी

काठमाण्डाै – नेपाली कांग्रेसका सांंसद चन्द्र भण्डारीले भ्रष्टाचार नियन्त्रण गर्ने कानुन बनाउन संसदमा भूमिका खेल्ने बताउनुभएको छ । आज बिहीवार सङ्घीय संसद् भवन परिसरमा शपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद भण्डारीले आउँदाे पाँच वर्ष देशमा बढ्दै गएको भ्रष्टाचार नियन्त्रण गर्ने कानुन बनाउन संसदमा भूमिका खेल्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘नयाँ सांसदहरूले भ्रष्टाचार नियन्त्रण गर्नका निम्ति कानुनहरू कडा बनाउन भूमिका खेल्नुपर्छ ।’ सांंसद भण्डारीले विदेशमा रहेका युवालाई नेपालमा रोजगारीको वातावरण बनाए...