आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साढे २५ हजारलाई रोजगारी सृजना गर्ने कार्यक्रम ल्याउने जनाएको छ । आज अर्थमन्त्रालयमा भएको बजेटसम्बन्धी छलफलमा उद्योग मन्त्रालयले यस्तो जानकारी दिएको हो ।साेमबार दिउँसो भएको छलफलमा उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूले आगामी आर्थिक वर्षको प्रस्तावित कार्यक्रममा रोजगारीमुखी कार्यक्रम ल्याउने जानकारी दिए । यस्तै, नयाँ ठाउँमा विशेष औद्योगिक क्षेत्र स्थापना गर्ने तथा सञ्चालनमा रहेका औद्योगिक क्षेत्रलाई क्षेत्रलाई मर्मत सम्भ