मेलम्ची खानेपानी आयोजना : टुंगो लागेन निर्माण कम्पनीको अवधि थप्ने विषय

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा कार्यरत निर्माण कम्पनीको अवधि थप्ने विषय टुंगो लाग्न सकेको छैन । अस्थायी रूपमा पानी काठमाडौं ल्याउन अवधि थप गर्नुपर्ने भए पनि सरकारले टुंगो लगाइसकेको छैन ।       चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोको अवधि थप्न मेलम्ची खानेपानी विकास समितिले प्रक्रिया अघि बढाए पनि टुंगो लाग्न नसकेको हो । अस्थायी रूपमा पानी ल्याउन विभिन्न संरचनामा मर्मत गर्नुपर्ने समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । गत फेब्रुअरीमा ठेक्का अवधि सकिएकोमा अवधि थपको प्रक्रियामा हुँदा दुर्घटना भएको थियो । ‘अहिले मन्त्रालयमा छलफलकै क्रममा भए पनि टुंगो लाग्न सकेको छैन,’ उनले भने ।       अस्थायी रूपमा पानी ल्याउन साधारण काम मात्रै बाँकी रहेको सूचना अधिकारी पन्तले बताए । आयोजनाअन्तरगत अहिले सुरुङ र हेडवर्क सफा गर्न बाँकी छ । ठेक्काको अवधि थप भएमा बाँकी कामसँगै अहिले मर्मतको काम सोही कम्पनीलाई गराउन सकिने आयोजनाले बताएको छ ।      कुनै पनि ठेक्कामा सुरुको ठेक्काको ५० प्रतिशभन्दा बढीको म्याद थप गर्नुपर्दा मन्त्रिपरिषद्बाट निर्णय गर्नुपर्ने व्यवस्था छ । अहिले सो ठेक्काको अवधि थपसँगै कार्ययोजना अघि बढाइएको सूचना अधिकारी पन्तले बताए । अहिले बाँकी रहेका काम गर्न कम्पनीलाई समितिले काम गर म्याद थप भन्न सकिने भए पनि अहिले त्यो गर्न नसकिएको उनले बताए । ‘अवधि थप नभएकाले काम गर भन्न सकिएको छैन,’ उनले भने । आयोजनाका बाँकी काम सम्पन्न गरेर अबको केही महिनामा पानी काठमाडौं उपत्यका ल्याउनेगरी सडक र पुल अस्थायी रूपमा खुलाइसकिएको छ । समितिले हेलम्बु गाउँपालिकासँग समन्वयमा अस्थायी सडक खुलाएको हो । सरकारले आगामी चैतसम्ममा पुनः उपत्यकामा पानी झार्ने लक्ष्य लिएको छ । निर्माण कम्पनीको अवधि थप भएमा अस्थायी रूपमा ल्याउन समस्या नहुने सूचना अधिकारी पन्तले बताए । गत असारमा गएको बाढीका कारण पुरिएर रहेका साना सुरुङ खोल्न सकेमा पुनः पानी हस्तान्तरण गर्न सकिने उनले बताए । कामको हिसाबले अहिले कार्यरत कम्पनीलाई काम लगाउन सजिलो भएको समितिले बताएको छ । निर्माण कम्पनीका कारणभन्दा पनि प्रकृतिक विपत्तिका कारणले समस्या आएकाले पनि अवधि थप गर्नुपर्ने सूचना अधिकारी पन्तले बताए । अहिले कार्यरत निर्माण कम्पनीको ठेक्का सम्पन्न नभएकाले नयाँ व्यवसायीलाई काम गराउन नसकिने समितिको भनाइ छ । हेडवक्र्समा पनि नयाँ कम्पनीले काम गर्दा भएका संरचनामा थप क्षति हुन सक्ने भएकाले सिनो हाइड्रो कम्पनीको नै अवधि थप गर्नु ठीक हुने पन्तले बताए । अवधि थप र कार्ययोजना दुवैको विषयमा अहिले खानेपानी मन्त्रालयमा छलफल भइरहेको छ । पहिले मूल्यांकन टुंगो लगाएर अघि बढ्ने विषय पनि छलफल भइरहेको छ । खोलामा सफा गर्नुपर्ने भएकाले अनुमानित खर्च तलमाथि हुन सक्ने उनले बताए । निर्माण शुरू भएको दुई दशकपछि सम्पन्न सो आयोजनाको पानी गतवर्ष फागुनमा परीक्षणका लागि सुरुङमा पठाइएको थियो । त्यसअघि गतवर्ष असारमा सुरुङको परीक्षण गर्दा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो । पछिल्लो पटक काठमाडौं उपत्यकाका धेरै स्थानमा मेलम्चीको पानी वितरण शुरू भएको थियो । रासस

सम्बन्धित सामग्री

सेतो हात्ती बन्यो मेलम्ची खानेपानी आयोजना

मेलम्ची खानेपानी आयोजना जति बेला काठमाडौँ उपत्यकाका लागि भरपर्दो खानेपानीको स्रोतको रूपमा पहिचान गरियो त्यो बेला काठमाडौँ उपत्यकाका लागि त्यो बेला थुप्रै वैकल्पिक स्रोतहरू थिए । जस्तो शिवपुरी जलाधार क्षेत्रलाई नै अलि राम्रो बनाउन सकिन्थ्यो । फुल्चोकी जलाधार क्षेत्र, चन्द्रागिरि जलाधार क्षेत्र, नागार्जुन जलाधार क्षेत्र लगायतका उपत्यका वरिपरि नै पानीका स्रोतहरू थिए । यी स्रोतहरूलाई अधिकतम सदुपयोग गर्दा, संरक्षण गर्दा धेरै हदसम्म त्यसले काठमाडौँको माग पूरा गर्न सकिन्थ्यो । दीर्घकालीन रूपमा काठ

मेलम्ची पुनर्निर्माणको जिम्मा पनि सिनोहाइड्रोलाई

बाढीपहिरोले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना पुनर्निर्माणको जिम्मा पनि चाइनिज कम्पनी सिनोहाइड्रोले नै पाएको छ । मेलम्चीको पानी काठमाडौं ल्याउन मेलम्ची खानेपानी विकास समिति र सडक विभागले संयुक्त रूपमा कार्ययोजना बनाएका थिए ।...

मेलम्ची खानेपानी आयोजना पुनर्स्थापनाका लागि डेढ अर्ब बजेट माग

७ मंसिर, काठमाडौं । १ असार, २०७८ मा आएको बाढीले क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजना पुनर्स्थापनाका लागि खानेपानी तथा सरसफाइ मन्त्रालयले डेढ अर्बभन्दा बढीको स्रोत सुनिश्चितता मागेको छ । मन्त्रालयले अर्थमन्त्रालयसँग यसअघि बनेको पुनर्स्थापनाको कार्ययोजना बमोजिम नै बजेट माग गर्ने निर्णय गरेको हो । आयोजनाका एक अधिकारीका अनुसार आगामी यही हिउँदभित्रै अस्थायी संरचनामार्फत काठमाडौंमा मेलम्चीको […]

मेलम्ची खानेपानी आयोजना पुर्निर्माण अनिश्चित

मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माण अनिश्चित बनेको छ । बाढीपहिरोले क्षति पुगेको ४ महिना बितिसक्दा समेत आयोजनाको क्षतिको यकीन हुन सकेको छैन । यसले आयोजना निर्माणमा अन्योल बढाउँदै लगेको छ । कात्तिक महिनासम्म पनि वर्षा भइरहेकाले मेलम्ची बजारबाट अम्बाथानसम्मको सडक र पुलमा थप क्षति भएको मेलम्ची खानेपानी विकास समितिले बताएको छ । आयोजनाले केही समय पहिले नै मर्मत शुरू गर्ने योजना बनाए पनि वर्षाका कारण ढिलाइ भइरहेको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिएका छन् । आर्थिक अभियानमा खबर छ ।

मेलम्ची खानेपानी आयोजना अनिश्चित भएपछि विकल्प खोजिँदै

बाढीसँगै मेलम्ची खानेपानी आयोजना अनिश्चित बनेपछि काठमाडौं उपत्यकामा खानेपानीको फेरि उस्तै हाहाकार भएको छ । उपत्यकाका अधिकांश स्थानका धारामा ९ दिन बिराएर खानेपानी आउन थालेपछि हाहाकार देखिएको हो ।वर्षामा समेत काठमाडौंमा खानेपानी हाहाकार हुन थालेपछि र बनिसकेको मेलम्चीको अनिश्चित भएपछि यसको लागि उपयुक्त विकल्पको खोजीसमेत हुन थालेको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले यसको […]

रुग्ण बनेको मेलम्ची खानेपानी आयोजना प्रमुखको सरुवा

२६ साउन, काठमाडौं । कार्यभार सम्हालेको ३ महिना नपुग्दै मेलम्ची खानेपानी आयोजना प्रमुखको सरुवा भएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठको गण्डकी प्रदेशको ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयमा सरूवा भएको हो । गत जेठ ३ गते समितिमा कार्यकारी प्रमुखका रुपमा आएका श्रेष्ठको अढाई महिनामै सरुवा भएको हो । मन्त्रालय स्रोतकाअनुसार असार […]

बाढीले गर्दा मेलम्ची खानेपानी आयोजना अनिश्चित, करिब २ अर्बको क्षति

काठमाडौं, साउन १८ । सिन्धुपाल्चोकमा हालै गएको पहिरोका कारण मेलम्ची खानेपानी आयोजनामा करिब २ अर्ब बराबरको क्षति पुगेको र काठमाडौंमा पानी ल्याउने समय अनिश्चित बनेको आयोजनाले जनाएको छ । प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिमा आयोजनाका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठले शुक्रबार राति थपिएको बाढीसँगैको पहिरोले मेलम्ची खानेपानी आयोजना कहिलेसम्म बनाउन सकिन्छ भन्ने नै अनिश्चित भएको […]

सरकारले भन्यो : मेलम्ची खानेपानी आयोजना अनिश्चित भयो

१८ साउन, काठमाडौं । आइतबार मेलम्ची नदीमा आएको लेदोसहितको बाढीले थप क्षति पुर्‍याएपछि मेलम्ची खानेपानी आयोजना अनिश्चित भएको सरकारले बताएको छ । सोमबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको छलफलमा खानेपानी तथा सरसफाइ मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्यले आयोजनाको हेडवर्क्स (मुहान क्षेत्र) क्षेत्र बाढीले बगाएर ल्याएको ढुंगा, माटो र बालुवाले पुरेकाले आयोजना अनिश्चित भएको बताएकी हुन् । […]

मेलम्ची खानेपानी आयोजना : दुई महिनाभित्र हेडबक्स

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको 'हेडबक्स’ निर्माणको काम अन्तिम चरणमा  पुगेको छ । मेलम्चीको  पानी  सुरुङमा पथान्तरण गर्नुअघि पानीको प्रारम्भिक प्रशोधनका लागि 'हेडबक्स’को निर्माण गरिँदैछ । अहिले नदीको पानीलाई सीधै सुरुङमा हालिएको छ । हेडबक्स लगभग दुई महिनामा तयार  हुनेछ । 'हेडबक्स'  तयार नभए पनि चैत १५ देखि परीक्षणको काम भने जारी नै रहने छ । आयोजनाका  प्रवक्ता  राजेन्द्रप्रसाद पन्तले डिसेम्बरमै 'हेडबक्स’ निर्माण सम्