२३ अर्ब रुपैयाँमा डोटी र डडेल्धुरामा बन्ने साैर्य ऊर्जा परियोजनाको सम्भाव्यता अध्ययन गर्न अनुमति प्रदान

काठमाण्डाै – लगानी बोर्डले डोटी र डडेल्धुरामा सौर्य ऊर्जा परियोजनाका लागि सम्भाव्यता अध्ययन गर्न अनुमति दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज मङ्गलवार बसेको लगानी बोर्डको बोर्ड बैठकले डोटीको दिपायल सिलगढीमा एक सय २५ मेगावाट र डडेल्धुराको अमगरढीमा दुई सय २५ मेगावाट क्षमताकाे २३ अर्ब रुपैयाँ लगानी रहेका सौर्य ऊर्जा आयोजनाको परियोजना विकास सम्बन्धतमा सेन्ट्रल इलेक्ट्रोनिक्स लिमिटेडलाई सम्भाव्यता अध्ययनको अनुमति दिएको हो ।  यस्तै बैठकले तल्लो अरुण जलविद्युत् आयोजनाको निर्माण, स्वामित्वकरण, सञ्चालन र हस्तान्तरण तरिक...

सम्बन्धित सामग्री

सुदूरपश्चिममा सौर्य ऊर्जा अध्ययन अनुमति

सुदूरपश्चिम प्रदेशमा ३५० मेगावाट सौर्य ऊर्जा विकास गर्न सरकारले सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मङ्गलबार बसेको लगानी बोर्डको ४९औँ बैठकले डोटी र डडेल्धुरा जिल्लामा विकास गर्ने गरी अध्ययन गर्न स्वीकृति प्रदान गरेको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टका अनुसार डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका र डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकामा सौर्य ऊर्जाको विकासका लागि अध्ययन गर्न अनुमति दिने निर्णय भएको हो । डोटीमा अनुमानित १२५ मेगावाट तथा डडेल्धुरामा २२५ मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादनका लागि अनुमानित लागत २३ अर्ब रुपियाँँ लगानी गर्ने गरी परियोजना विकासका सम्बन्धमा भारतको सेन्ट्रल इलेक्ट्रोनिक लिमिटेडलाई सम्भाव्यता अध्ययनका लागि अनुमति प्रदान गरिएको हो ।